जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • नेपालको हानी नोक्सानीबारे इजिप्टमा बहस, वृत्तचित्रमा न्यायको खोजी

नेपालको हानी नोक्सानीबारे इजिप्टमा बहस, वृत्तचित्रमा न्यायको खोजी

जलवायु परिवर्तनले नेपालमा देखा परेको विकराल समस्यालाई वृत्तचित्र मार्फत पहिलोपल्ट अन्तराष्टिय मञ्चमा देखाइएको छ ।

नेपालका उच्च हिमाल, मध्य पहाड र तराई सबै भेगमा जलवायु परिवर्तनका असर, त्यसले महिला, बालबालिका र समग्र जनजीवनमा परेको असरबारे तयार पारिएको वृत्तचित्र भ्वाइस् फर जस्टिस्लाई हिजो इजिप्टमा भइरहेको कोप २७ महासम्मेलनमा देखाइएको हो ।

इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्संघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि ९यूएनएफसीसीसी० का पक्ष राष्ट्हरुको २७ औं सम्मेलन ९कोप २७० मा नेपालले हानी नोक्सानी र जलवायू न्यायका मुद्दालाई विभिन्न ढंगले उठाइरहेको छ ।

सोही क्रममा साथसाथै फाउण्डेसनले बनाएको यो वृत्तचित्रलाई बुधबार यूएनएफसीसीसी स्वयंले संयोजन गरेको कार्यक्रममा देखाइएको थियो । सोही महासम्मेलनमा इसिमोड र ग्रामीण पुननिर्माण संस्थाले गरेका साइट इभेन्टमा समेत उक्त वृत्तचित्र देखाइएको थियो ।

वृत्तचित्रमार्फत नेपालको उच्च हिमाल, पहाड, तराई, मधेशको भूभागमा जलवायू परिवर्तनले ल्याएको हानी नोक्सानीबारे सचित्र प्रस्तुति गरिएको साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो ।

यो वृत्तचित्रले नेपालमा भएको हानी नोक्सानीको क्षतिपूर्तिका लागि विश्वले ध्यान दिनुपर्ने सन्देश दिएको छ, कार्कीले भन्नुभयो ।

वृतचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिँउ कमी भएको, बाक्लो हिमनदी पग्लिएर भएको क्षति, बाढी पहिरो, वेमौसमी वर्षाले धनजन, अन्नवालीमा पुर्याएको क्षति समेटिएको छ । गत वर्ष मार्च ८ मा साथसाथैले विभिन्न क्षेत्रका अगुवा ४० जना महिलालाई सगरमाथा आधारशिविर, कालापत्थरसम्मको पैदलयात्रा गराएको थियो । वृत्तचित्रमा त्यसको सन्देशसहित सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्य देखि डोल्पामा यसैवर्ष वर्षाले पुर्याएको क्षति त्यसमा समावेश छ ।

अत्यन्तै न्यून कार्वन उत्पादन हुने नेपालमा जलवायू परिवर्तनको क्षति भने अतुलनीय छ । यो सम्मेलनमा हानी नोक्सानी र जलवायु कोषको समेत मुद्धा छ । नेपालमा भएको हानीनोक्सानी र क्षतिपूर्तिका लागि ठूला मुलुकको ध्यानाकर्षण गराउन यो वृतचित्रले भूमिका खेल्छ भन्ने विश्वास लिएको छु, अध्यक्ष कार्कीले भन्नुभयो ।

वृत्तचित्र वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोषसहितको समन्वय र सहकार्यमा निर्माण भएको उक्त संस्थाले जनाएको छ । वृतचित्र प्रदर्शनपछि विश्वका सहभागीले नेपालमा क्षतिपूर्ति र न्याय कसरी दिलाउने भन्नेमा बहस केन्द्रित गरेका छन् ।

यो वृत्तचित्रमा लेखन र निर्देशन बरिष्ठ पत्रकार बालकृष्ण बस्नेतको रहेको छ । यूएनएफसीसीसीको प्रर्दशनमा नेपालबाट निर्देशक बस्नेत र डा सिदार्थ बजाचार्यले जुममा सहभागीाता जनाएका थिए ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका