जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब ३७ करोड, १ खर्ब बढी निक्षेप संकलन

मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब ३७ करोड, १ खर्ब बढी निक्षेप संकलन

आर्थिक वर्ष ७८/७९ मा मुक्तिनाथ विकास बैंकको खुद नाफा १८.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १ अर्ब १५ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९८ मा बैंकको खुद नाफा बढेर १ अर्ब ३७ करोड पुगेको हो ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासमा वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड पुगेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप २०.४३ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९.१८ प्रतिशतले बढेर ८६ अर्ब ९० करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.२१ प्रतिशत कायम भएको छ ।

५ अर्ब ६५ करोड चुक्ता पुंजी भएको बैंकको रिजर्भमा २ अर्ब ४४ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

3005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?