जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गरिब कामदार सर्जन बि.क.को २ करोड ५० लाखको बीमा लेख तयार पार्ने र वि.क.को वास्तविक परिवार (आमा, बुबा)लाई थाह नदिई भुक्तानी दिने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ, उच्च कर्मचारी र अध्यक्ष माथी प्रहरीको (सीआईबी)ले अब छानवीन गर्ने की नगर्नेः प्रहरी महानिरिक्षकज्यू ?

गरिब कामदार सर्जन बि.क.को २ करोड ५० लाखको बीमा लेख तयार पार्ने र वि.क.को वास्तविक परिवार (आमा, बुबा)लाई थाह नदिई भुक्तानी दिने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ, उच्च कर्मचारी र अध्यक्ष माथी प्रहरीको (सीआईबी)ले अब छानवीन गर्ने की नगर्नेः प्रहरी महानिरिक्षकज्यू ?

नेपालको एउटा सधैं चर्चा र विवादमा फस्दै आएको जीवन बीमा कम्पनी रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीमा डरलाग्दो मात्रै होइन घिन लाग्ने एउटा नक्कली बीमा लेख फेला परेको छ भन्दा अब चाहि फरक पर्दैन । सुन्दा पनि अचम्म लाग्ने एउटा बालुवा लोड गर्ने गरिब कामदार सर्जन बि.क.को २ करोड ५० लाखको बीमा लेख बनाएर मासिक ५ लाख ४० हजार शुल्क लिने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका अभिकर्ता र सीइओ, उच्च कर्मचारीको मिलोमतो बिना यो काम हुनै नसक्ने देखिन्छ भन्दा अब फरक पर्दैन ।

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले यति सम्म हेलचेक्राई गरेको छ कि बीमा लेख तयार गर्दा के के प्रक्रिया छन् ति कुनै पुरा गरेको देखिदैन । बीमा गर्ने स्रोत के हो ? सम्पत्ति बैद्य हो वा अवैद्य हो, सबै सूचना लुकाएर बीमा गरिएको भेटिएको छ । यो कस्तो बीमा लेख हो बीमा समितिका अध्यक्षज्यू ? भनिन्छ बीमा लेख जारी गरेको १ वर्ष भित्रै विमितको हत्या भयो, नक्कली विवाह दर्ता भयो र ६ जनाको गिरोहले बीमा लेखको दाबी भुक्तानी माग ग¥यो बीचमा मृतकको परिवार आफन्त, आमा, बुबा खोजी गर्ने देखि बीमा लेखबारे छानवीन गर्ने काम रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको नेतृत्वले किन गरेन् ? प्रमुख प्रश्न यहि हो । हाम्रो चासो पनि यहि हो बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू ?

एउटा गरिबको अकालमै हत्या गरेर पैसा लिनेहरुको कथा छुट्टै होला तर, बीमा गर्ने र भुक्तानीको लागि पुनवीमा कम्पनीमा पठाउने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ किन चुपचाप बसे ? यहि खोजीको विषय अब बनेको छ । यति सम्मकी रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले आवेदन फारममा श्रीमान श्रीमतीको विवरण भरेकै आधारमा हकवालाको नाम उल्लेख गरिदिने तर उनीहरु श्रीमान श्रीमती भए नभएको सामान्य विवाह दर्ताको कागज माथी छानवीन गर्ने कि नगर्ने यो प्रश्न अब रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी माथी गम्भिररुपमा उठेको छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई एउटा ५ तारे होटलमा बोलाएर दाबी भुक्तानीको रकमको चेक नक्कली श्रीमती सपना मल्ललाई हस्तान्तरण गर्ने कम्पनीले सर्जन बि.क.का आमा बुबा किन कार्यक्रममा बोलाएन ? यो खोजीको विषय अब बनेको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले एकपछि अर्को गल्ती गर्दै गएको तथ्य हामीले फेला पारेका छौं । त्यो हो यति ठूलो लाख होइन करोड होइन त्यो पनि २ करोड ५० लाखको बीम लेखको भुक्तानी दिँदा मृतक सर्जन बि.क.का परिवार (आमा, बुबा)लाई किन जानकारी दिइएन । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई एउटा ५ तारे होटलमा बोलाएर दाबी भुक्तानीको रकमको चेक नक्कली श्रीमती सपना मल्ललाई हस्तान्तरण गर्ने कम्पनीले सर्जन बि.क.का आमा बुबा किन कार्यक्रममा बोलाएन ? यो खोजीको विषय अब बनेको छ । हेक्का होस् ।

यस अगाडी यूनियन लाईफ, प्रभु लाईफ र नेपाल लाईफ इन्स्योरेन्समा यस्तो घटना भईसकेको थियो । यसको हेक्का रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले किन राखेन, यो अर्को जटिल प्रश्न अगाडी आएको छ । बीमा समितिका अध्यक्षज्यू ।
अपराधी गिरोहलाई बीमा लेखको रकम दिन एउटा विशेष सम्मान कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवाल पुग्दा सर्जन बि.क.का आमा बुबा वा परिवारका अन्य सदस्य किन बोलाएन । यसबाट पनि अब रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ, उच्च कर्मचारी र सञ्चालक समितिका अध्यक्ष माथी नै छानवीन हुन जरुरी छ भन्दा फरक पर्दैन । एउटा गरिवको छोरा मारिएको छ । आमा, बुबालाई यत्रो रकम दिँदा थाह नै दिदैनन् । यो कस्तो दाबी भुक्तानी हो बीमा समितिका अध्यक्षज्यू छानवीन होस् ।

वाणिज्य बैंकमा १० लाख पैसा राख्न १ लाख निकाल्दा तीन पुस्ते देखि आधिकारिक आईडी कार्ड दिनु पर्दछ तर, २ करोड ५० लाखको बीमा गर्दा केही खोजिदैन, आयश्रोत देखि अरु सबै प्रक्रिया त्यसकारण अब नेपाल प्रहरीको सिआईबीले गरिब परिवारको सर्जन बि.क.को मासिक ५ लाख ४ हजार किस्ता तिर्ने गरि गरिएको २ करोड ५० लाखको बीमा लेखमा हस्ताक्षर गर्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ पोखरेल, उच्च कर्मचरी र साक्षी बस्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केडिया माथी तत्कालै छानवीन हुनु जरुरी छ की छैन ।

पुर्नबीमा कम्पनीले छानवीनको आग्रह गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट मृतक बीमित सर्जन बि.क.को सुनियोजित हत्या भएको पुष्टि भएके छ र नक्कली श्रीमती बनेर सपना मल्लले २ करोड ५० लाख दाबी भुक्तानी लिएको पनि पुष्टि गरेको छ । यस्तो अपराधीक घटनाको साक्षी रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ र अध्यक्ष बसेका छन् भन्दा फरक पर्दैन् । भनिन्छ वाणिज्य बैंकमा १० लाख पैसा राख्न १ लाख निकाल्दा तीन पुस्ते देखि आधिकारिक आईडी कार्ड दिनु पर्दछ तर, २ करोड ५० लाखको बीमा गर्दा केही खोजिदैन, आयश्रोत देखि अरु सबै प्रक्रिया त्यसकारण अब नेपाल प्रहरीको सिआईबीले गरिब परिवारको सर्जन बि.क.को मासिक ५ लाख ४ हजार किस्ता तिर्ने गरि गरिएको २ करोड ५० लाखको बीमा लेखमा हस्ताक्षर गर्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ पोखरेल, उच्च कर्मचरी र साक्षी बस्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केडिया माथी तत्कालै छानवीन हुनु जरुरी छ की छैन आईजीपी साब हेक्का होस् । तत्कालै छानवीन गरि तथ्य बाहिर ल्याउनु जरुरी छ । यदि तथ्य बाहिर नआए बीमा बजार बदनाम मात्रै हुँदैन । यस्ता घटना फेरि नहोलान् भन्न सकिदैन ।

यदि नेपाल पुर्नबीमा कम्पनीले यो छानवीनको उजुरी सीआईबीलाई नपठाएको भए अपराधीहरुको मनोबल बढ्ने र अरु घटना हुने प्रस्टै थियो । यो बीमा लेख बनाउने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले किन छानवीन गरेन यसको उत्तर रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले दिनुपर्दछ कि पर्दैन बीमा समितिका अध्यक्षज्यू छानवीन होस् ।बिमितलाई दुर्घटना गराएर मारिएको छ । रातारात परिवारलाई नबोलाई नक्कली श्रीमतीलाई यति ठूलो करोडौं रकम दिएको छ । त्यसमा बीमा समितिका अध्यक्षलाई नै चेक दिन लगाएर साक्षी राख्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी भित्र अझै यस्ता नक्कली बीमा लेख छैनन् भन्ने प्रमाण के छ ? त्यसकारण नेपाल प्रहरीको सीआईबीले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ पोखरेल उच्च कर्मचारी र साक्षी बस्ने रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केडिया माथी छानवीन तत्कालै गरियोस् ।

सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी बीच मर्जरको प्रारम्भिक सम्झौता भएको छ । कम्पनी ठूलो होला तर यस्ता घटनाले बीमा बजार बदनाम भएको चाहि छ । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष तारा चन्द केडिया र सीइओ राकेश पोखरेलले यस घटनाको जिम्मा लिनु पर्दछ कि पर्दैन ? यसको उत्तर हामीले खोजी रहने छौं ।
घटना यस्तो छ हेरौं ।

कोहलपुरका बर्ष २१ का सर्जन बि.क. टिप्परमा बालुवा लोड गराउने काम गर्थे । २०७८÷१÷२ गते टिप्परमा बालुवा लोड गराएर बाइकमा फर्कने क्रममा बिपरित दिशाबाट आएको ट्रकको ठक्करपछि उपचारको क्रममा बिकको मृत्यु भयो ।
मृतकको २ करोड ५० लाख बराबरको जीवन बीमा र म्यादी जीवन बीमा गरिएको थियो । सर्जन बि.क. र सपना मल्लले विवाह गरेका थिए । उनीहरुको विवाह दर्ता २०७७÷१२÷२ गते भएको थियो । मल्ललाई नै दाबी भुक्तानीको लागि इच्छाइएको देखिन्छ । दाबी भुक्तानीको लागि आवेदन परेपछि नेपाल पुनर्बीमा कम्पनीले बिकको मृत्यु शंकास्पद रहेको भन्दै २०७८÷९÷३० गते प्रहरीलाई अनुसन्धानको लागि पत्राचार गर्यो । अनुसन्धानमा बिकको बीमा गर्नेदेखि बिकलाई मारेर दाबी भुक्तानी पैसा पाउनको लागि योजना नै बुनेको पाइएको छ । प्रहरीका अनुसार बिकले प्रयोग गरेको बाईक उनको बीमा गरिदिने रिलायन्स लाइफका एजेन्ट सरदार अहमद खाँको थियो ।

सुरुमा आरति भन्ने ललिता भन्ने कुमारी सापकोटाले सपना मल्ल र मृतक बिकलाई भेट गराइदिएकी थिइन् । उनले बिहे गरेर अष्ट्रेलिया जाँदा फाइदा हुन्छ भन्दै मल्ललाई कन्भिन्स गरेकी थिइन् । सोहि अनुसार डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाउने तयारी उनीहरुको थियो । अष्ट्रेलिया जान नक्कली विवाह गरेपछि मात्र मृतक विक र मल्लको भेट भएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लागेको जनाएको छ । विवाह दर्ता गर्ने, बीमा गर्ने, बैंक खाता खोल्ने लगायतका सम्पूर्ण काम संजिव अर्यालले गरेको खुलेको छ । उनी नै घटनाको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । उनले ८० लाख पाइसकेको प्रहरीलेजनाएको छ । अर्यालले नै बीमाको प्रथम शुल्क ५ लाख ४० हजार भुक्तानी गरेकोे देखिन्छ । त्यस्तै सपना मल्लले २ करोड ५० लाख लिइसकेको पनि खुलेको छ । प्रहरीले मल्ललाई दिल्ली हुदै जापान जाने क्रममा काठमाडौँ विमानस्थलबाट पक्राउ गरेको हो । भन्दा फरक पर्दैन ।

प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफुले पनि ६० लाख लिएका थिए उनी कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए । भन्दा फरक पर्दैन ।

एजेन्ट खाँको अर्यालसंग चिनजान भएकोले उनले पनि योजनामा साथ दिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले मल्ललाई विदेश जाने भनेर चिनाईएका एजेन्ट टोप बहादुर राना क्षेत्रीलाई पनि पक्राउ गरेको छ । उनले चलाएको गाडीको ठक्कर बाट नै बिकको मृत्यु भयको थियो । त्यस्तै प्रहरीले दिपक केसीलाई पनि पक्राउ गरेको छ । केसीले मल्ललाई भुक्तानी लिन काठमाडौँ ल्याएका थिए, भने आफुले पनि ६० लाख लिएका थिए उनी कर्तब्य ज्यान मुद्दाका अभियुक्तलाई अदालतबाट भएको मुद्दामा यस अघि दोषी ठहर भएका थिए । भन्दा फरक पर्दैन ।

विकलाई अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो । त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । विकलाई अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो । त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

सीआईबीकाअनुसार सन्जीब अर्यालले ८० लाख ३६ हजार, दीपक केसीले ६० लाख, छबीकुमारी खत्री ९सपना मल्लको आमा० ले १७ लाख ४६ हजार, सपना मल्लले ८६ लाख ८९ हजार, एटिएम कार्ड ३ लाख ३ हजार, पीओएस २ लाख ६९ हजार ९८० र ब्यालेन्स रिचार्ज ५ हजार ३१६ गरी बाँडफाँट भएको प्रहरीको भनाइ छ ।

सीआईबीकाअनुसार सन्जीब अर्यालले ८० लाख ३६ हजार, दीपक केसीले ६० लाख, छबीकुमारी खत्री ९सपना मल्लको आमा० ले १७ लाख ४६ हजार, सपना मल्लले ८६ लाख ८९ हजार, एटिएम कार्ड ३ लाख ३ हजार, पीओएस २ लाख ६९ हजार ९८० र ब्यालेन्स रिचार्ज ५ हजार ३१६ गरी बाँडफाँट भएको प्रहरीको भनाइ छ ।यो गिरोहको अपराधिक कार्यले बीमा बजार बदनाम मात्रै भएन बीमा किन गर्ने भन्ने बारे प्रश्न उठेको छ । त्यसकारण बीमा लेखमा सहि छाप गर्ने रिलायन्स लाईफ इन्स्योरेन्सक कम्पनीका सीइओ, उच्च कर्मचारी र अध्यक्ष माथी छानवीन जरुरी छ । सचेत भया ।

 

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?