जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • डब्बल होइन, तेब्बर पनि होइन, चौबर पनि होइन १० गुणा बढि दिने निक्षेप योजना सार्वजनिक गर्दै बैंकहरुः राष्ट्र बैंक बेखबर

डब्बल होइन, तेब्बर पनि होइन, चौबर पनि होइन १० गुणा बढि दिने निक्षेप योजना सार्वजनिक गर्दै बैंकहरुः राष्ट्र बैंक बेखबर

नेपालका वाणिज्य बैंक मात्रै होइन विकास बैंकहरु पनि अहिले डिपोजिट तान्ने होडबाजीमा दैडिएका छन् भन्दा फरक पर्दैन । नेपालका वाणिज्य बैंकहरुले डब्बल होइन तेब्बर पनि होइन, चौबर पनि होइन, १० गुणा बढि दिने निक्षेप योजना सार्वजनिक गर्ने होडवाजी नै शुरु गरेका छन् भन्दा फरक पर्दैन ।

मुद्दती बचत योजनाको नामबाट शुरु गरिएको यो होडवाजीले अर्थतन्त्रलाई कता लाने हो त्यो हेर्न बाँकी छ । नेपालका बैंक र विकास बैंकमा चर्को तरलता अभाव भए पछि डिपोजिट तान्न उच्च ब्याजदरका आकर्षक बचत खाता योजना सार्वजनिक प्रतिस्पर्धा तिव्ररुपमा शुरु भएको भेटिएको छ । यति सम्मकी एउटाले आज ल्याएको वचत खाता अर्कोले भोली नै यस्ता बचत खाताका योजना सार्वजनिक गर्दै हिडेको देखिन्छ । यस्ता मुद्दती योजनामा तपाईले १० लाखजम्म गरे बैंकले तोकेको वर्ष पछि १ करोड दिने भनेका छन् । यसमा बीमा र कर्जा पनि दिने योजना ल्याएका देखिन्छ । तर नेपाल राष्ट्र बैंक बेखबर झै बसिरहेको छ । यी योजनाले भविष्यमा कस्तो रुप लिने हो त्यो हेर्न बाँकी छ ।

 

ग्लोबल आइएमई बैंक लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको देखिन्छ । बैंकको उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने दाबी गरेको छ ।

 

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउने दाबी गरेको छ । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ ।

 

सिभिल बैंक लिमिटेड

सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु सार्वजनिक गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको यस बैंकले दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजना ल्याएको हो ।

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दाे दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश लाखसम्मको जीवन बीमा सुबिधा र दश लाखको दुर्घटना बीमा सुबिधा निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ । सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ ।

 

 

 

एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने दाबी गरेको छ । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे देखिन्छ ।

एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना: निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

 

कुमारी बैंक लिमिटेड
कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले दाबी गरेको छ । सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्ने बैंकले जनाएको छ ।

 

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धति खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम ९डबल रकम० प्राप्त गर्न सक्ने बताइएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ ।

 

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ ।

 

सेञ्चुरी बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिने बैंकले दाबी गरेको छ ।

 

बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डूले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंक अफ काठमाण्डूले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ । ‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ ।

सिद्धार्थ बैंक लिमिडेट
बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकको दाबी छ ।

 

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । बैंकले एक हजारमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा साँवामा गाभि एकमुष्ट रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ । यस योजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिनेछ र त्सयमा अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहाने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।

 

 

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् । प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मको स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

4515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?