जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशत छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमाल डेन्टल हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हिमाल डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले बताएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइट उल्लेख गरिएको बैंकले बताएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट देशभर बैंकिङ सेवा दिइरहेको छ ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका