जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ५.२१ अर्ब नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बन्यो

५.२१ अर्ब नाफा कमाउँदै राष्ट्रिय वाणिज्य बैंक नम्बर वान बन्यो

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३७.३८ प्रतिशत अर्थात १ अर्ब ४१ करोड ८७ लाख ७० हजार रुपैयाँ बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार रुपैयाँ खुद नाफा आजर्न गरेको हो ।

निजी क्षेत्रका वाणिज्य बैंकलाई टक्कर दिँदै राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा आर्जन गर्नेमा एक नम्बर बनेको हो । यसअघि नै वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई बैंकले नाफा ५ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंकको तुलनामा थोरै कम हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढपछि नाफा बढेको हो । पछिल्लो समय व्यवस्थापन टिममा अब्बल ब्यक्तिको प्रवेशसँगै बैंले ठूलो प्रगति गरेको हो ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २४ करोड ३९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असारसम्ममा बैंकको खुद फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशत घटेर ६७ करोड २ लाख ५९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत बढेर ११ अर्ब २७ करोड ७९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन मुनाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड ८४ लाख ९६ हजार रुपैयाँ, र वितरणयोग्य नाफा ३२.९५ प्रतिशत घटेर ३ अर्ब ३ करोड २३ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेर १४ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ, जगेडा कोष ०.२९ प्रतिशत बढेर १८ अर्ब ५४ करोड २९ लाख १८ हजार रुपैयाँ, निक्षेप १.६९ प्रतिशत घटेर २ खर्ब ५९ अर्ब ३८ करोड ३२ लाख ६७ हजार रुपैयाँ र कर्जा १९.२२ प्रतिशत बढेर २ खर्ब १२ अर्ब ४ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा सिमित भएको छ । अघिल्लो वर्ष ३७.२७ रुपैयाँ प्रतिसेयर आम्दानी थियो ।

2530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका