जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कुन बैङ्कको नयाँ ब्याजदर कति ?

वाणिज्य बैङ्कहरूले घटाए ब्याजदर, कुन बैङ्कको नयाँ ब्याजदर कति ?

वाणिज्य बैङ्कहरूले ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका बैङ्कहरूले आगामी मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन् । बैङ्कहरूले भोलि अर्थात् मङ्सिर १ गतेदेखि लागू हुने गरी प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार अधिकांशले घटाएका हुन् ।

मङ्सिरका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.३३१ प्रतिशत र संस्थागत मुद्दती तर्फको ०.३०६६ प्रतिशतले घटाएका हुन् । कात्तिक महिनामा बैङ्कहरूको यस्तो औसत ब्याजदर व्यक्तिगत र संस्थागत निक्षेपतर्फ क्रमशः ९.९६४ प्रतिशत र ७.८५२६ प्रतिशत रहेको रहेको थियो ।

सञ्चालनमा रहेकामध्ये १३ वटा बैङ्कहरूले आगामी मङ्सिरका लागि ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन् । तर, माछापुच्छ्रे बैङ्कले भने केही वृद्धि गरेको छ । कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेप तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो । तर, मङ्सिरका लागि लागि भने बैङ्कले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ ।

मङ्सिरका लागि नेपाल बैङ्क, सिटिजन बैङ्क, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैङ्कले कात्तिककै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

मङ्सिरमा नेपालको बैङ्कले व्यक्तिगत निक्षेपमा ९.२२४ प्रतिशत र संस्थागत तर्फ ७.२२४ प्रतिशत, सिटिजनले व्यक्तिगत तर्फ ९.९५ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत, सिद्धार्थले व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९, लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ १० प्रतिशत र संस्थागत तर्फ ८ प्रतिशत, कुमारीले व्यक्तिगत तर्फ १०.०१ प्रतिशत र संस्थागत तर्फ ८.०१ प्रतिशत र प्राइमले व्यक्तिगत तर्फ १०.२५ प्रतिशत र संस्थागत तर्फ ८.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यी बाहेकका अन्य बैङ्कहरूले भने ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर एनआईसी एशियाले २.०३५ प्रतिशतले घटाएको छ । मङ्सिरका लागि बैङ्कले व्यक्तिगत तर्फ ८.९६८ प्रतिशत र संस्थागत तर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो ।

यस्तै, एनएमबि बैङ्कले व्यक्तिगत तर्फ ९.७६ प्रतिशत र संस्थागत तर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ । कात्तिकको तुलनामा बैङ्कले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो ।

मङ्सिरका लागि एभरेष्ट बैङ्क, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगत तर्फ ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैङ्कहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो ।

यता, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत निक्षेप तर्फ ८.९७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत, नबिल बैङ्कले व्यक्तिगत तर्फ ९.१ प्रतिशत र संस्थागत तर्फ ७.१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले व्यक्तिगत तर्फ ९.५१ प्रतिशत र संस्थागत तर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगत तर्फ ९.५१२ प्रतिशत र संस्थागत तर्फ ७.५१२ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ९.६ प्रतिशत र संस्थागत तर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन् ।

त्यसैगरि हिमालयन बैङ्क र नेपाल एसबिआईले मङ्सिरका महिनाका लागि व्यक्तिगत निक्षेप तर्फ १०.६३ प्रतिशत र संस्थागत तर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन् ।

790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका