जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • महालक्ष्मी विकासको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

महालक्ष्मी विकासको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. ६२८ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र असार १० गते अपरान्ह ३ बजे सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खाल्ने कम्पनीले जानकारी गराएको छ ।

9015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका