जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १४%ले बढ्दा नाफामा गिरावट,

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १४%ले बढ्दा नाफामा गिरावट,

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा घटेको छ भने अधिकांश सूचकमा सामान्य बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ९२ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ दशमलव ९५ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीले ३२ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको नाफा ८ दशमलव ३१ प्रतिशतले कमी भएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड १ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनील २ अर्बमाथि कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले १० हजार १४१९ वटा दाबी वापत १ अर्ब ३७ करोड १२ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले ८ हजार ९५२ वटा भुक्तानी हुन बाँकी दाबी संख्यामा १ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीले यस अवधिमा ६९ करोड २४ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ करोड २६ लाख १७ हजार रुपैयाँ रकम संचित रहेको छ । त्यस्तै , बीमा कोषमा १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ९ करोड १८ लाख रुपैयाँ रकम संचित रहेको छ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?