जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा र बीमाशुल्क घट्यो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा र बीमाशुल्क घट्यो

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा नाफा ४३ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीले ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

गत वर्ष नाफा ७ करोड रुपैयाँ थियो। गत वर्षको भन्दा नाफा ४३.२३ प्रतिशतले घटेको हो। गत वर्ष २६ करोड रुपैयाँ संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

समीक्षा वर्षमा कम्पनीको बीमाशुल्क २१.४२ प्रतिशले घटेको हो। लगानी कर्जा तथा अन्यबाट २ करोड रुपैयाँ आम्दानी गरेको छ। यो अवधिमा कम्पनीले १३ करोड ५९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ।

दावी भुक्तानी गत वर्षको भन्दा एक प्रतिशले बढी हो। अभिकर्ता कमिशनमा एक करोड ७० लाख रुपैयाँ खर्च गरेको छ।व्यवस्थापनमा एक करोड २० लाख खर्चिएको छ।

कम्पनीको प्रति सेयर आम्दानी १३ रुपैयाँ ५५ पैसा छ। प्रतिसेयर नेटवर्थ १८५.३० रुपैयाँ छ।हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २८ करोड र बीमा कोषमा ६९ करोड रुपैयाँ जम्मा छ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका