जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • यस रेमिट प्रालिको लाइसेन्स खारेज

यस रेमिट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र रद्द गरेको छ। काठमाडौंको लैनचौरमा रहेको कम्पनीको लाइसेन्स खारेज गरिएको हो।

विप्रेषणसम्बन्धी कारोबार गर्न प्राप्त गरेको इजाजतपत्र रद्द गरिपाउँ भनी कम्पनीले नै निवेदन दिएको थियो।

कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई जानकारी गराउन भनिएको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा भई जाने छ।

7340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका