जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको नाफा ६१.९२ प्रतिशतले घट्यो

एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको नाफा ६१.९२ प्रतिशतले घट्यो

एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको नाफा ६१.९२ प्रतिशतले घटेको छ । बैंकले अघिल्लो आवमा १० करोड ८९ लाख ४८ हजार रुपैयाँ नाफा कमाएकोमा गत आवमा बैंकको नाफा घटेर ४ करोड १४ लाख ७८ हजार रुपैयाँमा सीमित भएको हो कुल चुक्तापुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको बैंकको कुन आम्दानी ५ करोड १२ लाख ६८ हजार रुपैयाँ छ । जसमा इन्भेष्टमेन्ट आम्दानी १३ लाख रुपैयाँ, फाइनान्स आम्दानी ४ करोड ९९ लाख ६७ हजार रुपैयाँ छ ।

कम्पनीले एसोसिएटका रुपमा हिमालयन पावर पार्टनर लिमिटेडमा लगानी गरेको छ भने अन्य लगानी श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सानिमा मिडल तमोर हाइड्रोपावर, माििथल्लो मैलुङ खोला जलविद्युत्, संयुक्त उर्जा, कुमारी बैंक (प्रमोटर सेयर) नेशनल माइक्रोफाइनान्स वित्तीइ संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (प्रमोटर) र नरेडु लघुवित्त वित्तीय संस्थामा रहेको छ ।

3360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?