जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा

मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमाक्यूआर कोडबाट अनलाइनानै भुक्तानीगर्न मिल्ने भएको छ र यस कार्यबाट रिक्साचालकतथायात्रु दुबैले लाभलिन सक्ने बैंकले जनाएको छ ।

यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामाभएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । क्यूआर कोडबाट सुरक्षित रुपमाभुक्तानीगर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रिक्साका चालकहरुलाई आवश्यक प्रशिक्षण समेत दिएका थिए ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेतवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

11235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका