जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • नेपाल बैंक भित्र एक पछि अर्को डरलाग्दो घोटला काण्ड, बैंक कर्मचारीले नै ग्राहकको १ करोड रकम श्रीमतीको नाममा ट्रान्सफर गरेको खुलासाः सीइओ अधिकारी र अध्यक्ष ज्ञावली माथी छानवीन किन नगर्ने ?

नेपाल बैंक भित्र एक पछि अर्को डरलाग्दो घोटला काण्ड, बैंक कर्मचारीले नै ग्राहकको १ करोड रकम श्रीमतीको नाममा ट्रान्सफर गरेको खुलासाः सीइओ अधिकारी र अध्यक्ष ज्ञावली माथी छानवीन किन नगर्ने ?

नेपाल सरकारको ५१ प्रतिशत शेयर रहेको नेपाल बैंक लिमिटेड भित्र एक पछि अर्को घोटला काण्ड बाहिर आएका छन् । १ वर्षमा ३ जना अध्यक्ष परिवर्तन गर्दै राजनीतिको शिकार बन्दै आएको नेपाल बैंक भित्र नयाँ अध्यक्ष गंगा प्रसाद ज्ञवाली नियुक्त भएसंगै बैंक भित्र अर्को घोटला काण्ड छताछुल्ल भएको छ । भन्दा अब फर्दैन । नेपाल बैंकको नेतृत्वमा असक्षम एवं बैंकिङ्ग नम्स नबुझेका (बैकिङ्ग अनुभव) नभएका एमाले कार्यकर्ता कृष्ण बहादुर अधिकारी सीइओ भए देखि नै बैंक भित्र एकपछि अर्को गर्दै ठगी र घोटलाका काण्ड वाहिर आएका छन् भन्दा अब फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

नेपाल बैंकका बर्दिया स्थित गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपानेले आफ्नै बैंकका ग्राहकले १ करोड भन्दा बढि रकम कनेक्ट आईपीएस मार्फत आफै श्रीमतीको नाममा जम्मा गरी आफै श्रीमतीको नाममा चोरी गरेर फरार भएको खुलेको छ भन्दा फरक पर्दैन । यस घटनाबाट के पुष्टी हुन्छ भने नेपाल बैंकको कनेक्ट आईपीइस चलाउने ग्राहकको सम्पत्ती सुरक्षीत छैन भनेर हेक्का होस् ।

नेपाल बैंक भित्र आफ्नै बैंकका कर्मचारीले कनेक्ट आईपीएस मार्फत ग्राहकको १ करोड भन्दा बढि रकम आफ्नै श्रीमतीको नाममा ट्रान्सफर गरेर ठगी गरेको फेला परेको छ यो कस्तो बैकिङ्ग हो गर्भनर साब ? नेपाल बैंकका बर्दिया स्थित गुलरिया शाखाका प्रबन्धक धवेन्द्र न्यौपानेले आफ्नै बैंकका ग्राहकले १ करोड भन्दा बढि रकम कनेक्ट आईपीएस मार्फत आफै श्रीमतीको नाममा जम्मा गरी आफै श्रीमतीको नाममा चोरी गरेर फरार भएको खुलेको छ भन्दा फरक पर्दैन ।
यस घटनाबाट के पुष्टी हुन्छ भने नेपाल बैंकको कनेक्ट आईपीइस चलाउने ग्राहकको सम्पत्ती सुरक्षीत छैन भनेर हेक्का होस् । दिन दिँदै बैंकका कर्मचारीबाटै ग्राहकहरुको पैसा चोरी हुने घटना बाहिर आए पछि नेपाल बैंकमै किन कारोबार गर्ने भन्ने गम्भिर प्रश्न उब्जेको छ । यति सम्मकी नेपाल बैंकको सो शाखाबाट ग्राहकको पैसा चोरी भएपछि बर्दियाको गुलरिया स्थित शाखाबाट पैसा झिक्ने ग्राहकको लाईन नै लागेको छ भन्दा फरक पर्दैन ।

यी र यस्ता ठगी र चोरीका घटनाको जिम्मा बैंकका सीइओ एमाले कार्यकर्ता कृष्ण बहादुर अधिकारी र अध्यक्ष एवं नेकपा एसका कार्यकर्ता गंगा प्रसाद ज्ञावलीले लिने कि नलिने गर्भनर साब हेक्का होस् कथा हेरौ अब कस्तो छ त ?
नेपाल बैंकबाट ग्राहकको रकम अपचलन गरेर भागेका धबेन्द्र न्यौपानेसम्बन्धि थप तथ्यहरु बाहिर आएका छन् । ग्राहकले बैंकमा जम्मा गरेको रकम ‘अनियमितता’ गरेर भागेका उनी अझै सम्पर्कमा नआईसकेको भएपनि प्रहरीको अनुसन्धन र बैंककै टोलीको अनुसन्धानले केहि प्रारम्भिक तथ्यहरु फेला पारेको देखिन्छ । जसमा न्यौपाने ग्राहकको पैसा कनेक्ट आईपीएसमार्फत चोरी गर्ने र सो रकम आफ्नी श्रीमतीका नाममा विदेश पठाउने गरेको रहस्य बाहिर आएको हो गर्भनर साब । प्रहरी र बैंकको विशेष इन्सपेक्सन टोलीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । बैंकले उनलाई प्रचलित व्यवस्थाअनुसार बैंकको कर्मचारीबाट निलम्बन गरिएको भनेको छ ।

श्रीमतीको नाममा १ करोड ट्रान्सफर
नेपाल बैंकका ग्राहकले कनेक्ट आईपीएसमार्फत जम्मा गरेको रकमलाई न्यौपाने चोरी गरेको रहस्य खुलेको छ । बैंकको बर्दियास्थित गुलरिया शाखाका शाखा प्रबन्धक रहँदा पनि न्यौपाने ग्राहकको रकम यसरी नै चोरेर आफ्नी श्रीमतीका नाममा विदेश पठाउने गरेको तथ्य ‘लग डिटेल’मा देखिन्छ । उनले गुलरिया शाखामा हुँदा झन्डै ६० लाख रुपैयाँ यसरी ग्राहकको रकम चोरी गरेको विवरण भेटिएको छ भने उनले यसअघि उनी शाखा प्रबन्धक रहेको सुर्खेतस्थित शाखाबाट पनि ग्राहकको रकम त्यसरी नै चोरी गरेको तथ्यसमेत बाहिरिएको छ । उनले सुर्खेतस्थित शाखामा रहँदा पनि ग्राहकको रकम यसरी नै चोरी गर्ने गरेको र सो रकम पनि ४०–५० लाख हाराहारी रहेको नेपाल बैंक आफैले बाहिर ल्याएको भेटिएको छ । प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि शाखा प्रबन्ध न्यौपाने सम्पर्कविहीन भएको बैंक उच्च स्रोतको दाबी छ ।

नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए । बैंक स्रोतका अनुसार बिरेन्द्रनगरमा पनि घोटालाको आशंका भएपछि उनको सरुवा गरिएको थियो । तर कनेक्ट आईपीएसबाट कसरी पैसा चोरी गर्न मिल्छ भन्ने थाहा पाएका उनले बर्दियामा समेत यो धन्दालाई जारी राखेका थिए ।

सुर्खेतमा हुँदैदेखि ग्राहकको पैसा चोर्थे न्यौपाने !
यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजर बनाएर बैंकले सुर्खेतबाट सरुवा गरेको थियो । नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए । बैंक स्रोतका अनुसार बिरेन्द्रनगरमा पनि घोटालाको आशंका भएपछि उनको सरुवा गरिएको थियो । तर कनेक्ट आईपीएसबाट कसरी पैसा चोरी गर्न मिल्छ भन्ने थाहा पाएका उनले बर्दियामा समेत यो धन्दालाई जारी राखेका थिए । बैंकको अडिटका क्रममा जनताको करोडौं रुपैयाँ बैंकको सिष्टममा नभएको तथ्य खुलेपछि यस विषयमा बैंकले थप अनुसन्धान गरेको थियो । बैंकको केन्द्रीय कार्यालयले रकम हिनामिना भएको तथ्यबारे सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न विशेष अनुसन्धान टोली बनाएर जाँदैछ भन्ने सूचना पाएपछि न्यौपाने फरार भएका थिए । स्रोतका अनुसार केन्द्रीय कार्यालयका एक उच्च तहका कर्मचारीले प्रहरी आउने सूचना न्यौपानेलाई दिएको खुलेको छ । गर्भनर साब यो कस्तो बैंकिङ्ग हो ?

कतिपयले त ‘यो केनेक्ट आईपीएस सुरक्षित रहेनछ, यो सेवा क्यान्सिल गरिदिनू’ भनेरसमेत बैंक आईपुग्नुभएको छ । हामीले कति ग्राहकहरुलाई त सम्झाईबुझाई पनि गरेका छौँ ।’ नि ।
हेक्का होस् राष्ट्र बैंकले नियमन गर्ने संस्था भएकाले ग्राहकको रकम तलमाथि हुने कुरा हुँदैन । बैंकलाई घाटा होला तर जनताको निक्षेप सुरक्षित रहन्छ । तर यो कुरा नबुझ्ने ग्राहकहरु पैसा हरायो कि भनेर बैंक धाउन थालेको देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपाल बैंकबाट पैसा निकाल्नेको लर्को
बैंकबाट करोडौं रकम अपचलन गरेर कर्मचारी नै भागेको खबर बाहिरिएपछि अहिले सो शाखा र नेपाल बैंकका अन्य शाखामा पनि ग्राहकहरुले पैसा झिक्ने क्रम बढेको छ । अझ बर्दियाको गुलरियास्थित शाखामा त पैसा झिक्ने ग्राहकहरु झनै बढेका छन् । ‘बैंकबाट पैसा झिक्ने क्रम बढेको कुरा सत्य हो । त्यसमा पनि थोरैमात्र पैसा जम्मा गर्नेहरु पैसा निकाल्न आउनुभएको छ ।’ नेपाल बैंककै एक कर्मचारीले भने,–‘घोटाला कनेक्ट आईपीएसबाट भएको हो । तर सो सेवा नै नलिने ग्राहकहरु पनि आत्तिनुभएको छ । कतिपयले त ‘यो केनेक्ट आईपीएस सुरक्षित रहेनछ, यो सेवा क्यान्सिल गरिदिनू’ भनेरसमेत बैंक आईपुग्नुभएको छ । हामीले कति ग्राहकहरुलाई त सम्झाईबुझाई पनि गरेका छौँ ।’ नि ।
हेक्का होस् राष्ट्र बैंकले नियमन गर्ने संस्था भएकाले ग्राहकको रकम तलमाथि हुने कुरा हुँदैन । बैंकलाई घाटा होला तर जनताको निक्षेप सुरक्षित रहन्छ । तर यो कुरा नबुझ्ने ग्राहकहरु पैसा हरायो कि भनेर बैंक धाउन थालेको देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपाल बैंकले भने आफ्नो इन्सपेक्सन टोलीले विस्तृत विवरण ल्याएपछि घटनाको बारे थप थाहा हुने दाबी गरेका छन् । बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले न्यौपानेले के कति रकम घोटाला गरेका रहेछन् भन्ने तथ्य आफ्नो टोलीको प्रतिवेदन ल्याएपछि मात्रै सबै कुरा थाहा हुने दाबी गरे । स्मरण होस् आफ्नै कर्मचारीबाट यति ठूलो ग्राहकको पैसा चोरी हुँदा पनि बैंकका नालायक सीइओ कृष्ण बहादुर अधिकारी पत्रकारलाई प्रतिक्रिया दिन पनि तयार छैनन् ।

के भन्छ प्रहरी र बैंक ?
न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ । न्यौपाने रकम हिनामिना गरी सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा नेपाल बैंकले जाहेरी दिएको र घटनाबारे थप अनुसन्धान भईरहेकोले यस विषयमा विस्तृतमा बताउन सक्ने स्थिति नरहेको बर्दिया प्रहरीका प्रमुख बिरेन्द्र बहादुर शाहीले दाबी गरे । नेपाल बैंकले भने आफ्नो इन्सपेक्सन टोलीले विस्तृत विवरण ल्याएपछि घटनाको बारे थप थाहा हुने दाबी गरेका छन् । बैंकका सूचना अधिकारी प्रकाश कुमार अधिकारीले न्यौपानेले के कति रकम घोटाला गरेका रहेछन् भन्ने तथ्य आफ्नो टोलीको प्रतिवेदन ल्याएपछि मात्रै सबै कुरा थाहा हुने दाबी गरे । स्मरण होस् आफ्नै कर्मचारीबाट यति ठूलो ग्राहकको पैसा चोरी हुँदा पनि बैंकका नालायक सीइओ कृष्ण बहादुर अधिकारी पत्रकारलाई प्रतिक्रिया दिन पनि तयार छैनन् । यसले के पुष्टि गर्दछ भने यस घटनामा नेपाल बैंकका सीइओ अधिकारी र अध्यक्ष ज्ञावली माथी पनि छानवीन जरुरी छ गर्भनर साब हेक्का होस् । जनताको डिपोजिटबाट तलब दिने सीइओ अधिकारी र भत्ता लिने अध्यक्ष ज्ञावलीले कर्मचारीको चोरी काण्डको जिम्मा लिनु पर्दछ कि पर्दैन गर्भनर साब ? सचेत भया ।

11775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका