जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • तेस्रो पटक पनि राष्ट्र बैंक आफैंले खरिद गर्‍यो ट्रेजरी बिल्स

तेस्रो पटक पनि राष्ट्र बैंक आफैंले खरिद गर्‍यो ट्रेजरी बिल्स

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल तेस्रो पटक आफैँले खरिद गरेको छ । आज जारी गरिएको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरीको हिजो सोमबार बोलकबोल गरिएको थियो। बोलकबोलपमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा मनोमानी गरेपछि यी ट्रेजरी बिलको ठूलो हिस्सा राष्ट्र बैंकले खरिद गरेको हो ।

मंगलबार राष्ट्र बैंकले १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । २८ दिने ५ अर्ब रुपैयाँको ट्रेजरीमा १६ बोलपत्रदाताबाट ६१ बोलपत्र परेको थियो।

बोलपत्रको कुल रकम ११ अर्ब ८२ करोड रुपैयाँमा रहेकोमा १ अर्ब रुपैयाँबराबर ट्रेजरी बिल बोलपत्रदाताले खरिद गरेका छन् भने राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल आफैँले किनेको छ । यसको न्यूनतम, अधिकतम र औसत व्याजदर ८.९९९४ प्रतिशत रहेको छ ।

यस्तै ९१ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिलमा २० बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो । बोलपत्रको कुल रकम ७ अर्ब ४५ करोड ५० लाख रुपैयाँबराबर रहेकोमा ७ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलपत्रदाताले किनेका छन् भने राष्ट्र बैंकले १ अर्ब ९२ करोड ५० लाख रुपैयाँको ट्रेजरी खरिद गरेको छ। यसमा न्यूनतम, अधिकतम र औसत ब्याजदर ९.५००४ प्रतिशत छ।

यसैगरी १८२ दिने ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी भएकोमा १६ बोलपत्रदाताबाट ६२ बोलपत्र परेको थियो। बोलपत्रको कुल रकम १० अर्ब ९६ करोड ५० लाख रुपैयाँ रहेकोमा बोलपत्रदाताले २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल खरिद गरेका छन्। यस्तै राष्ट्र बैंकले ५ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल किनेको छ। यसको न्यूनतम, अधिकतम र औसत व्याजदर क्रमशः ९.८० प्रतिशत, ९.९९९१ प्रतिशत र ९.८९५३ प्रतिशत रहेको छ ।

२८ र ९१ दिनको ट्रेजरी बिलको न्यूनतम, अधिकतम र औसत व्याजदर एउटै भएकोले जम्मा एउटा बोलपत्रदाताले पाएको छ । १८२ दिनको हकमा भने कम्तीमा २ वटा बोलपत्रदाताले पाएका छन् ।

१३ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरणका लागि ३० अर्ब २४ करोड रुपैयाँÞको बोलपत्र परे पनि बोलपत्रदातालाई १ अर्ब ३३ करोड ५० लाखÞ रुपैयाँको मात्र बेचेर राष्ट्र बैंक आफैँले ११ अर्ब ६६ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल किनेको छ ।
विगत ३ हप्तामा राष्ट्र बैंकले २८ अर्ब ५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल खरिद गरेको छ ।

साउन ८ गते नवीकरणको लागि बिक्री भएको ट्रेजरी बिल्समा १४ प्रतिशतसम्म ब्याजदर बैंक तथा वित्तीय संस्थाले पाएका थिए । त्यसपछि भने राष्ट्र बैंकले ट्रेजरी बिल्स आफैं खरिद गर्न थालेको हो ।

1905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?