जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विकास बैंक र फाइनान्सको पनि भदौमा ब्याजदर नबढ्ने

विकास बैंक र फाइनान्सको पनि भदौमा ब्याजदर नबढ्ने

विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि भदौ महिनामा ब्याजदर नबढाउने भएका छन्। ब्याजदर बढाउँदा पनि निक्षेप नबढ्ने भएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिन लागेको हुन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष प्रद्युम्न पोखरेलका अनुसार संस्थागतर्फ मुद्दति निक्षेपको ब्याजदर भने राष्ट्र बैंकले नियमअनुसार घटाएर नयाँ ब्याजदर प्रकाशित गरिन्छ । फाइनान्स कम्पनीहरुको छाता संगठन वित्तीय संस्था संघले पनि भदौका लागि निक्षेपको ब्याजदर नबढाउने भएको छ । त्यसका लागि संघको बैठक मंगलबार बस्दैछ ।

वाणिज्य बैंकहरुले पनि भदौमा व्याजदर नबढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संघले व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत राख्ने र संस्थागतको ९.०३ प्रतिशत राख्ने निर्णय गरेको छ ।

1445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका