जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • काठमाडौँमा व्यवसायीको प्रदर्शन, गभर्नरको राजीनामा माग

काठमाडौँमा व्यवसायीको प्रदर्शन, गभर्नरको राजीनामा माग

व्यवसायीहरुले आज शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आयोजनाको व्यवसायीले आज काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन गर्दै उनीहरुले नेपाल राष्ट्र बैंकका गभर्नरको समेत राजीनामा माग गरेका छन्। व्यवसायीहरुले बैंकिङ्ग ब्याजदर १ अंकमा कायम गरिनु अप्रने, बैकिङ्ग ब्याजदरमा एकरुपता कायम गरिनु पर्ने, अवस्था सामान्य नहुञ्जेल धितो लिलामी बन्द गरिनु पर्ने, सहुलियत कर्जा १५ लाख बाट २५ लाख सम्म कायम गरिनु पर्ने, ब्याज स्प्रेड दर बढीमा २% कायम गरिनु पर्ने, बैंक तथा बित्तिय क्षेत्रले गर्ने लगानीको कम्तिमा ५०% साना तथा मझौला व्यवसायिमा गर्नु पर्ने व्यवस्था गरिनु पर्ने, कर्जा सेवा शुल्क ०.२५% भित्र कायम गरिनु पर्ने, ओभर ड्राफ्टलाई सहज र सरलिकरण गराउनु पर्ने तथा संकटग्रस्त व्यवसायीको पहिचान गरी आर्थिक राहत प्याकेज प्रदान गरिनु पर्ने माग राखेका छन् ।

विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, नेपाल मोवाइल व्यवसायी महासंघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल, सार्वजनिक यातायात केन्द्रित महासंघ र होटल व्यवसायी महासंघमा आवद्द व्यवसायी सहभागी छन् ।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?