समाचार
औजार एक सोलुसन तेस्रो वर्षमा प्रवेश, सेवा विस्तार गर्दै ग्राहक संख्या बढाउन केन्द्रित

औजार एक सोलुसन तेस्रो वर्षमा प्रवेश गरेको छ। सुरुको दिनमा दुईवटा सेवाबाट सुरु भएको औजारले अहिले सिभिल, कार्पेन्टर, प्लम्बिङ, इलेक्ट्रिसियन, रंगरोगन, फलाम, आल्मुनियम, सिपेज, टायल/मार्बल, नेटवर्किङ, सरसफाईसँग सम्बन्धित २५ भन्दा बढी सेवाहरु दिँदै आएको औजारका प्रबन्ध निर्देशक उत्सब भट्टराईले जानकारी दिए।
काठमाडौँ, ललितपुर, भक्तपुरसहित पोखरा, बुटवल, नेपालगंज, चितवन, धादिङसम्म सेवा दिइरहेको कम्पनीले पोखरा र चितवनमा आफ्नै कार्यालय स्थापना गरी थप १५ जनालाई रोजगारी प्रदान गरिरहेको भट्टराईले बताए।
हालसम्म आवास तथा व्यवसायिक भवन गरी १५६ भन्दा बढी सेवाग्राहीहरुलाई सेवा प्रदान गरिसकेको र आगामी वर्ष भित्र त्यसलाई पाँच सयभन्दा बढी पुर्याउने गरी काम भइरहेको उनले बताएश्र
यसका लागि थप दक्ष जनशक्ति खाँचो रहेको जानकारी गराउँदै भट्टराईले विदेश जानुभन्दा नेपालमै काम गर्न सुझाव दिएका छन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































