जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका ग्राहकले यी स्वास्थ्य संस्था र रेष्टुरेन्टमा पाउनेछन् आकर्षक छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले यी स्वास्थ्य संस्था र रेष्टुरेन्टमा पाउनेछन् आकर्षक छुट

महालक्ष्मी विकास बैंकले विभिन्न होटल, रेष्टुरेन्ट र स्वास्थ्य संस्थासँग व्यवसायिक सम्झौता गरेको छ। यो सम्झौताले बैंकका ग्राहकले ती कम्पनीमा आकर्षक छुट पाउनेछन्।

बैंकले डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भएको कारोबारमा छुट दिने जनाएको छ। बैंकका अनुसार कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरको प्रयोगशाला परीक्षणमा २० प्रतिशत, अल्ट्रा साउण्ड, एक्स रे, इको, इन्डोस्कोपी, जनरल वार्ड, क्याविन र ओपिडीमा १५ प्रतिशत छुट हुनेछ।

सूर्यपूरामा रहेको सूर्यपूरा पोलिक्लिनिकमा ल्याब, एक्स रे, भिडियो एक्सरे, ईसीजी र बेड शुल्कमा १० प्रतिशत, औषधिमा ५ प्रतिशत र ओपीडी नि:शुल्क हुने बैंकले जनाएको छ।

बैंकका अनुसार न्यूरोडमा रहेको कर्नर प्वाइन्ट रेष्टुरेन्ट एण्ड बारमा सबै खाना र वेभरेजमा १० प्रतिशत, न्यूरोडमै रहेको ई- रिभल्विङ इन्डियन कुजिन रेष्टुरेन्टमा १० प्रतिशत र इटहरीमा रहेको गंगा जमुना युनिसेक्स सैलुनले दिने सबै प्रकारका सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका