जोडिनुहोस
मङ्लबार, पुस ९, २०८१
मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

बेष्ट फाइनान्सले ल्यायो नयाँ बचत योजना

बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । बचत डबल गर्ने की तेब्बर भन्ने शिर्षकमा यो नयाँ योजना ल्याएको फाइनान्सले जनाएको छ ।

ग्राहकको रकमलाई सरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ ।

फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ ।  यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैकिङ र एटिएम सेवा निः शुल्क पाउने फाइनान्सले जनाएको छ ।

1895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका