जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्दै नबिल बैंक, डिबेन्चर पनि बिक्री गर्ने

५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्दै नबिल बैंक, डिबेन्चर पनि बिक्री गर्ने

बिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने भएको हो ।
बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको छ । बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्ने भएको छ ।

बैंकले मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने जनाएको छ ।

यता, बेंकले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ प्रतिशत ब्याजदर भएको ‘८% नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय गरेको छ । यसको अवधि ८ वर्ष हुनेछ ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?