जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले सबै बैंकसँग किन माग्यो फिक्स्ड डिपोजिटमा दिईएको ब्याजको विवरण ?

राष्ट्र बैंकले सबै बैंकसँग किन माग्यो फिक्स्ड डिपोजिटमा दिईएको ब्याजको विवरण ?

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुसँग पछिल्लो समय मुद्दती निक्षेपमा के कति ब्याज दिएको छ भन्ने विषयमा सबै बाणिज्य बैंकहरुसँग तथ्यांक मागेको छ । केहि दिनअघि राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलाई मुद्दती निक्षेपमा दिईएको ब्याजको विवरण मागेको हो । विवरणमा कुन-कुन स्किमअन्तर्गत मुद्दती निक्षेपका के कति ब्याज दिईएको छ, खुलाई पठाउन भनिएको छ । नेपाल राष्ट्र बैंकले तथ्यांक मागेपछि सबै बैंकहरुले सो विवरण राष्ट्र बैंकमा बुझाएका छन् ।

‘नियमित प्रक्रिया हो’ : राष्ट्र बैंक
यता राष्ट्र बैंकले भने बैंकहरुसँग विवरण माग्ने नियमित प्रक्रिया नै भएको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बैंकहरुले के कति ब्याज दिईरहेका छन् भन्ने विषयको अध्ययनका लागि सो तथ्यांक मागिएको हो । ‘बैंकहरुले के कति ब्याज दिएका रहेछन् भन्ने विषय अध्ययन गर्न हामीले बैंकहरुसँग विवरण मागेका हौँ । यसमा अचम्म मान्नुपर्ने केहि छैन ।’ ती अधिकारीले भने, ‘कतिपय बैंकहरुले अनावश्यक बढी ब्याज दिएको गुनासो पनि आईरहेको छ । हामीले पछिल्लो स्थिति के रहेछ भनेर विवरण मागेका हौँ ।’ ती अधिकारीका अनुसार गभर्नरकै निर्देशनमा ब्याजसम्बन्धि विवरण अध्ययन गर्ने काम भईरहेको छ ।

‘इतिहासमै पहिलोपटक यस्तो तथ्यांक मागियो’ : बैंकर्स
यता बैंकका सीइओहरुले भने इतिहासमै यस्तो तथ्यांक पहिलो पटक मागिएको दाबी गरेका छन् । ‘आजसम्म यसरी मुद्दती निक्षेपमा दिइएको ब्याजको विवरण मागिएको थाहा थिएन । यसपटक मागियो, किन हो थाहा छैन ।’ एक बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने, ‘तरलता अभाव र ब्याजदरको विषय एकदम पेचिलो भईरहेको छ । यस्तो बेला राष्ट्र बैंकले केहि नीतिगत सुधारका लागि वा अहिलेको स्थिति बुझ्नका लागि त्यस्तो तथ्यांक मागेको हुन सक्छ ।

कुन प्रायोजनका लागि तथ्यांक मागिएको हो भन्ने विषयमाचाहिं थाहा भएन।’ यता राष्ट्र बैंकले सो विवरण मागेपछि केहि बैंकरहरु भने आत्तिएका छन् । ‘राष्ट्र बैंकले विवरण माग्नु नौलो कुरा होइन । तर विवरण केलाइयो र त्यसमा केहि प्रश्न गरियो भने कतिपय बैंकरले अहिले पनि त्यसको जवाफ दिन नसकिनेगरी गलत काम गरेका छन् । त्यसैले केहि बैंकरहरु आत्तिएको अवस्था हो ।’ एक अर्का बाणिज्य बैंकका सीइओले अर्थ सरोकारसँग भने -‘गलत नगर्नेलाई केहि डर हुने कुरै भएन । राष्ट्र बैंकले विवरण माग्दा केहि सीइओहरुको मुटुमा ढ्याङ्ग्रो बजेको भने पक्कै हो।’

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका