जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले सिर्जना फाइनान्स गाभ्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सिटिजन्स बैंकले सिर्जना फाइनान्स गाभ्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

बैंक सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

आ-आफ्नो विशेष साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिनेछ। दुवै बैंकले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

जेठ ९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ।

प्राप्तिपछि बैंकको कुल शाखा १८९ हुने छ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका