जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबिच सम्झौता भएको छ। फोकसवालने मोको डिजिटल वालेट सञ्चालन गरिरहेको छ।

दुबै संस्थाबीच कार्ड मार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको हो।

बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन्।

ग्राहकले बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाईल टपअप, इन्टरनेटको, बिजुली ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्।

यसैगरी बैंकका ग्राहकहरुले मोको  मार्फत स्क्यान टू पे को माध्यमबाट १,५०० भन्दा बढि विभिन्न मर्चेन्टहरु मार्फत कारोबार गरि रकम भुक्तानी समेत गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एमभिजा, अलीपे र युनियन पेसँग सम्बद्ध अन्तराष्ट्रिय कारोबारको क्युआरबाटै भुक्तानी लिन सक्नेछन।

3260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका