जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाह्य क्षेत्रकाे कारण तरलता समस्या : गभर्नर अधिकारी

बाह्य क्षेत्रकाे कारण तरलता समस्या : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्ने बताउनुभएको छ ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उहाँले भन्नुभयो, ‘तरलताको कुरा कहिले हट्ला भन्ने प्रश्न सोधिन्छ,यो बाह्य क्षेत्रका कारणले समस्या आयको हो । आन्तरिक रुपमा पैसा त जसले ऋण लिनुभएको छ, उहाँहरुसँगै छ नि, तरलता अभाव समाधान हुन बिपोपिको अवस्था सुधार हुनुपर्छ ।’

उहाँले सरकारको खर्च बढाउँदा, कम्पोनेन्ट निजी क्षेत्रले ऋण तिरिदिएको तरलताको अभाव सुधार हुँदै जाने बताउनुभयो । यसमा बैङ्करले पनि अनुशासनमा बस्नु पर्ने र हतारिन नहुने पनि उहाँले बताउनुभयो ।

अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेको उहाँको भनाइ छ । तर, जोखिम कम नभएको भन्दै उहाँले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताउनुभयो ।

बाह्य क्षेत्रमा जोखिम कम नभएको भन्दै उहाँले अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसारभरका अर्थमन्त्री र गभर्नर दबाबमा रहेको उहाँले उल्लेख गर्नुभयो । नेपालमा समेत मूल्यको दबाब तथावत रहेको उहाँको भनाइ छ ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?