जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क पौने चार करोड

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क पौने चार करोड

छोटो अवधिमा उच्च नाफा कमाउने अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले १३ हजार २२८ बीमालेख जारी गरेको छ ।
कम्पनले यसअवधिमा १२ करोड १३ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ । त्यस्तै पुर्नबीमा कमिशन वापत १ करोड ९१ लाख, लगानी कर्जा तथा अन्य आयावाट २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा २२ दाबी संख्याको लागि २१ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने ३४ दाबी वापत ५७ लाख ६९ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले जगेडा कोषमा २ करोड ४२ लाख रुपैयाँ, बीमा कोषमा ६१ लाख रुपैयाँ र महाविपत्ती कोषमा २५ लाख रुपैयाँ संचित छ । यस अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ७२ पैसा कायम छ ।

7545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका