जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल बैंकर्स संघको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकर्स संघको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा मंगलबार जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजन कुमार पोखरेलको अध्यक्षता सम्पन्न भएको हो । सो कार्यक्रममा अतिथिको रुपमा माननीय गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक श्री पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रम पश्चात् सहभागीहरुले उपरोक्त कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाब पेश गरे ।

3765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका