जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि बैंक र उद्यमीका ३ संगठनबीच सम्झाैता

एनएमबि बैंक र उद्यमीका ३ संगठनबीच सम्झाैता

एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल तथा नेपाल उद्यमशील महिला महासंघ बीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जा मगर तथा नेपाल उद्यमशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरे ।

यस बैंकले परम्परागत बैकिङ्गभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवद्र्घन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिदैं आएको बताए । यहि प्रयासको निरन्तरता स्वरुप यी संगठन बीच समझदारी भएको जानकारी प्रमुख कार्यकारी अधिकृत के.सी.ले गराए ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यानले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताउदै नेपाल सरकारको समृद्घ नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित हुने बताए ।

11885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?