जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरिका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

3710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका