जोडिनुहोस
बुधबार, मंसिर १४, २०७९
बुधबार, मंसिर १४, २०७९
  • होमपेज
  • कांग्रेसको बन्दसूचीमा देउवानिकट नेता, प्रेस सल्लाहकारदेखि मिटरब्याजीसम्म

कांग्रेसको बन्दसूचीमा देउवानिकट नेता, प्रेस सल्लाहकारदेखि मिटरब्याजीसम्म

नेपाली कांग्रेसमा लामो समय त्याग तपस्या र बलिदान गरेका नेताहरुलाई पाखा लगाउँदै सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा समानुपातिककाे बन्दसूची सिफारिस गरेको संस्थापन इतर समूहले आरोप लगाएको छ ।

कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले समानुपातिककाे बन्दसूचीमा आफ्ना समूहका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको र प्रत्यक्षतर्फ उम्मेदवारी चयनमा समेत एकलौटी हुनसक्ने भन्दै शेखरपक्षीय नेताहरूले आन्दोलन र निर्वाचन बहिष्कारसम्मका योजना अघि सारेर नेतृत्वमाथि दबाब बढाएपछि गठबन्धनमा सामेल अन्य दलका नेतासमेत झस्किएका छन् ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ ।

निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म रहेका छन् । बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । त्यस्तै मिटरब्याजीदेखि तस्कर र व्यापारीसम्म पनि कांग्रेसको समानुपातिकको बन्दसूचीमा अटाएका छन् । बन्दसूचीको नामावलीको पहिलो नम्बरमा नाम रहेका पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा रहेको छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने छन् ।

त्यसैगरी शेखर समूह निकट पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ । त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन् । त्यस्तै प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ ।

त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा. केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा रहेको छ । त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ ।

शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ । आफूहरूले न्यायोचित सीट नपाए शेखर समूहले अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको चेतावनीसमेत दिएको छ ।

सभापति देउवाको यो पाराले प्रदेश र संघमा पनि पार्टीभित्र त्याग र संघर्ष गरेका, योग्य, क्षमतावान् र लोकप्रियलाई उम्मेदवार नबनाई एकलौटी गर्ने सम्भावना देखिएको छ । इतरपक्षलाई न्यून उम्मेदवार दिएर आफ्नो विरोधी समूहलाई समाप्त गर्ने नियत देउवमा देखिएपछि शेखरपक्षीय नेताहरुले बालुवाटार घेराउदेखि विरोधका कार्यक्रममा जाने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका