जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • जेठमा ब्याजदर नबढाउने बैंकहरुबीच सहमति

जेठमा ब्याजदर नबढाउने बैंकहरुबीच सहमति

वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन्।

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मंगलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने भ्रद सहमति गरेको हो। फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर स्थिर राखेका थिए। अब चैतमा पनि ब्याजदर स्थिर नै रहने भएको छ।

सरकारको विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकोले ब्याजदर स्थिर राख्ने सहमति बनेको एक बैंकरले बताए।

यो सहमतिसँगै अब वाणिज्य बैंकहरुको जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम हुने भएको छ।

6525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?