जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेप्सेमा ११.३६ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

नेप्सेमा ११.३६ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

लगातार दुई दिन घटेको सेयर बजारमा साताको चौथो कारोबार दिन बुधबार भने दोहोरो अंकले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.३६ अंकले वृद्धि भएर १८६६.५२ अंकमा बन्द भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.४८ अंकले वृद्धि भएर ३६६.११ अंकमा बनद भएको छ ।

दशैं पछिको पहिलो कारोबार दिन आइतबार नै ४४ अंकको उच्च वृद्धि भएको नेप्से त्यसपछिको सोमबार र मंगलबार लगातार दुई दिन घटेको नेप्सेमा बुधबार भने बढेर बन्द भएको छ । नेप्सेमा वृद्धि हुँदा उपसूचकहरुमा पनि म्युचुअल फण्ड र व्यापार बाहेक सबै बढेका छन् ।

जसमध्ये नबिल बैंकको २ करोड ४० लाख १२ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको २ करोड २ लाख ६४ हजार र एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजारको किनबेच भएको छ ।

यता एभरेष्ट बैंकको ऋणपत्रको मूल्य ९.८३ प्रतिशतले गिरावट भएर ७८० रुपैयाँ झरेको छ । त्यस्तै एनएमबि आइब्रिड फण्ड १ को इकाइमूल्य ५.७३ प्रतिशत र ग्लोबल आईइमई ब्यालेन्स फण्डको इकाइमूल्य ३.७८ प्रतिशतले गिरावट भएको छ ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका