बीमा समितिबाट आइएमई लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । समितिबाट स्वीकृति पाएसँगै कम्पनीले मंसिर ५ गतेसम्म साविकका शेयरधनीलाई हकप्रद बापतको रकम कम्पनीले तोकेको बैंक खातामा बुझाउन आग्रह गरेको छ ।
समितिले तोकेको चुक्ता पूँजी पुर्याउन कम्पनीले संस्थापक शेयरधनीको लागि शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ छ ।
कम्पनीको असोज २६ गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।