जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनी

यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ । त्यसैगरी निर्याततर्फ बढी कर तिर्ने मा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योग राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेको छ ।

सहकारीतर्फ छिमेक लघुबित्तले सबैभन्दा बढी कर तिरेको छ भने बैंकहरुमा नबिल बैँक सबैभन्दा बढी कर तिर्नेमा परेको छ । त्यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा सबैभन्दा बडी कर तिर्ने कम्पनी बनेका छन् ।

स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ । ​वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर बुझाएको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर बुझाएको छ ।

व्यक्तिगत्तर्फ जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साहले सबैभन्दा बढी आयकर तिरेका छन् । रेमिटेन्सतर्फ आईएमइले सबैभन्दा बढी कर तिरेको तिर्दा आन्तरिक करदातातर्फ सूर्य नेपालले सबभन्दा बढी कर तिरेको छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान पनि गरेको छ ।

1245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका