जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पुनर्निर्माण प्राधिकरणका प्राविधिकको राजीनामा अस्वीकृत

पुनर्निर्माण प्राधिकरणका प्राविधिकको राजीनामा अस्वीकृत

आन्दोलनरत पुनर्निर्माण प्राविधिकरणका प्राविधिकहरुको राजीनामा अस्वीकृत भएको छ । आज प्राविधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ अन्तर्गतका प्राविधिकहरुबीच भएको वार्ता र छलफलमा ७ बुँदे सहमति भएको छ ।

जसमा उनीहरुले बुझाएको राजीनामा अस्वीकृति गर्ने र आजैदेखि काममा फर्कने सहमति भएको छ ।

आज भएको सहमतिमा जिल्ला आयोजना कार्यान्वयन इकाय ओखलढुंगा अन्तर्गत रही कार्यरत स्व. इञ्जिनियर राजा साहको कामकाजकै दौरानमा मृत्यु भएकोमा साहको परिवारजनलाई बीमको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन ईकाइ (भवन)ले पहल गर्ने उल्लेख छ ।

साथै प्राविधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु सामाजिक परिचालकहरु, डकर्मी समेतको कार्य अनुभव सहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा समेत राख्ने । साथै यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने सहमति भएको छ ।

प्राविधिकहरुले पाउनुपर्ने सञ्चार, यातायात खर्च र स्थानीय भत्ता चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनाबाटै नियमअनुसार उपलब्ध गराउने र प्राधिकरण अन्तर्गत रही कार्य गरेका प्राविधिकहरुलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने ‘रिफ्रेसर ट्रेनिङ’को व्यवस्था प्राधिकरणले गर्ने सहमति भएको छ ।

त्यसैगरी सरकारले लिएको विपद् जोखिमबाट सुरक्षित नेपालको महाअभियानको १० वर्षे लक्ष्यमा समाहित हुने गरी प्राधिकरण अन्तर्गतका प्राविधिकहरुलाई ग्राहयता दिन प्राधिकरणले पहल गर्ने, साथै विभिन्न निकायको पहिचान गरी व्यवस्थापनका निम्ती पहल गर्ने सहमति पनि भएको छ ।

त्यसैगरी प्राविधिकहरुको सबै आन्दोलन आजकै मितिबाट टुंग्याउने र नियमित कामकाजमा फर्किने साथै प्राविधिकले बुझाएको राजीनामा स्वीकृति गर्ने, असार महिनाको पाउनुपर्ने सेवा सुविधाहरु उपलब्ध गराउने पनि सहमति भएको छ ।

5340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका