जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • शाखारहित बैंकिङ सेवाका ग्राहकलाई यी कुरामा ध्यान दिन सनराइज बैंकको सुझाव

शाखारहित बैंकिङ सेवाका ग्राहकलाई यी कुरामा ध्यान दिन सनराइज बैंकको सुझाव

सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने विषयहरुका बारेमा सुझाव दिएको छ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै शाखारसहित बैंकिङ सेवाका ग्राहकलाई बैंकिङ सेवा लिँदा ध्यान दिनुपर्ने विषयहरुका बारेमा सुझाव दिएको हो।

खाता खोल्दा ग्राहकले आफ्नो औँठा छाप प्रयोग गर्न र एटीएम कार्ड अनिवार्य रुपमा लिन बैंकले सुझाव दिएको छ।

त्यस्तै रकम जम्मा गर्दा एटीएम कार्ड मेसिनमा राखेर औँठा छाप प्रयोग गर्न, जम्मा गरेको रकम मेसिनबाट सुन्न र मेसिनबाट निस्केको रसिद लिएर सुरक्षित साथ राख्न पनि बैंकले सुझाव दिएको छ।

बैंकले रकम भुक्तानी लिँदा एटीएम कार्ड मेसिनमा राखेर औँठा छाप प्रयोग गर्न, भुक्तानी लिएको रकम मेसिनबाट सुन्न र मेसिनबाट निस्केको रसिद लिएर सुरक्षित साथ राख्न शाखारसहित बैंकिङ सेवाका ग्राहकलाई सुझाव दिएको छ।

मेसिनबाट निस्केको रसिदबाहेक हस्तलिखित वा अन्य कागजात वा भौचर कारोबारको निस्साका रुपमा मान्य हुने बैंकले स्पष्ट पारेको छ।

मोबाइल बैंकिङ प्रयोगकर्ताले एसएमएसमार्फत प्राप्त जानकारी चेकजाँच गर्न पनि ग्राहकलाई बैंकले सुझाव दिएको छ। बैंकबाट कुनै जानकारी आवश्यक भएमा नजिकैको शाखामा वा १६६००१२२४४४ मा सम्पर्क गर्न तथा कारोबारमा केही शंका लागेमा तुरुन्तै ९७४५९४४२२० मा जानकारी गराउन पनि बैंकले आग्रह गरेको छ।

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका