जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नाफामा एनआईसी एशिया बैंक पहिलो, नबिल बैंक दोस्रो, राष्ट्रिय वाणिज्य बैंक तेस्रो, ग्लोबल आईएमई बैंक चौथोः आधा दर्जन बैंक अर्बपति क्लबमा, राष्ट्र बैंकको कडाईले प्रोभिजन उच्च !

नाफामा एनआईसी एशिया बैंक पहिलो, नबिल बैंक दोस्रो, राष्ट्रिय वाणिज्य बैंक तेस्रो, ग्लोबल आईएमई बैंक चौथोः आधा दर्जन बैंक अर्बपति क्लबमा, राष्ट्र बैंकको कडाईले प्रोभिजन उच्च !

नेपालका २६ वाणिज्य बैंकले डिपोजिट ब्याजदर बढाएको भन्दै व्यापारी वर्ग सडक आन्दोलनमा पुगेसंगै बैंहरुको नाफा यस पटक भने घटेको छ भन्दा अब फरक पर्दैन । चालु वर्षको पछिल्लो आ.ब.को अपरिस्कृत वित्तिय विवरण सार्वजनिक भएसंगै १३ वटा वाणिज्य बैंकको नाफा घटेको छ । अरु १३ बैंकको नाफा बढेको देखिन्छ । सबैभन्दा कम नाफा, सधै सञ्चालक समिति भित्र विवाद नै विवाद हुँदै आएको माडवाडी समूहको उच्च लगानी भएको सनराईज बैंकको छ भन्दा फरक पर्दैन । सनराईज बैंकलाई राष्ट्र बैंकले तत्काल मर्जर गर्न पटक÷पटक भने पनि मर्जर गरेको छैन । यस्तै व्यवसाय गर्दै आए सनराईज बैंकको विश्वास घट्दै जाने निश्चित देखिन्छ गर्भनर साब हेक्का होस् ।

यस पटकको पहिलो वित्तिय विवरण हेर्दा सधैं चर्चा कमाउँदै आएको र सबैभन्दा कान्छा सीइओ रोशन कुमार न्यौपाने रहेको एनआईसी एशिया बैंक पहिलो भएको छ भने दोस्रोमा एनबी बैंकसंग मर्जर गरेको दक्ष अनुभवी सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेको नबिल बैंक रहेको देखिन्छ । तेस्रोमा भेट्रान बैंकर किरण कुमार श्रेष्ठ रहेको सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको देखिन्छ । यस पटक चौथोमा नेपालकै ठूलो चुक्ता पुँजी र शाखा सञ्जाल रहेको भेट्रान बैंकर रत्न राज्य बज्राचार्य सीइओ रहेको ग्लोबल आईएमई बैंक नाफामा छ भन्दा फरक पर्दैन ।
समग्रहरुपमा हेर्दा प्रतिशतमा कुमारी बैंकले ८७ प्रतिशत नाफा बढाएको छ । स्ट्याडण्र्ड चाटर्ड बैंक नेपाल लिमिटेडले ६८.३९ प्रतिशत र भारतीय लगानीको बैंकले ६८.२३ प्रतिशत नाफा बढाएको उनीहरुकै वित्तिय विवरणमा उल्लेख गरिएको भेटिएको छ ।

आधा दर्जन बैंक अर्बपति क्लबमा
आर्थिक वर्षको प्रथम त्रैमासमा नै ६ वटा बैंकले १ अर्ब भन्दा बढी नाफा कमाएका छन् । एनआईसी एशिया बैंकले ४८.७९ प्रतिशतले नाफा बढाएर सबैभन्दा धेरै १ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत असारमामा नेपाल बंगलादेशलाई गाभेर एकीकृत कारोबार सुरु गरेको नबिलको नाफा दुबै बैंकको एकीकृत वित्तीय विवरणको हो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा ग्लोबल आईएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ६ लाख र कुमारी बैंकले १ अर्ब १५ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
गत आबको प्रथम त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा सबैभन्दा धेरै नाफा बढाउने बैंक कुमारी हो । उसले ८५.०७ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ४ करोड ४४ लाख नाफा कमाएको एनएमबि बैंकको चालु आबको सोही अवधिमा नाफा १३.४३ प्रतिशतले घटेर ९० करोड ४१ लाखमा झरेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा १०.६१ प्रतिशत, नेपाल बैंकको १९.९७ प्रतिशत, सानिमा बैंकको ३.४६ प्रतिशत एनसीसी बैंकको ०.२४ प्रतिशत, मेगा बैंकको ४४.३३ प्रतिशत, लक्ष्मी बैंकको ८.९३ प्रतिशत, सिटिजन्स बैंकको २७.०९ प्रतिशत, सिद्धार्थ बैंकको ४७.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको १९.६५ प्रतिशतले नाफा घटेको छ । त्यस्तै कृषि विकास बैंकको नाफा ५४.४८ प्रतिशतले घट्दा सनराइज बैंकको नाफा सबैभन्दा धेरै ६१.५० प्रतिशतले घटेको देखिन्छ । प्रथम त्रैमासमा सनराइज बैंकको नाफा १६ करोड ५८ लाखमा सीमित हुँदा कृषि विकास बैंकको २२ करोड १० लाख रुपैयाँमा झरेको छ ।

बैंकहरुको आम्दानी किन बढ्यो ?
सबै वाणिज्य बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा चार बैंकले ३ अर्बमाथि आम्दानी गरेका छन् । दोस्रो धेरै नाफा कमाएको नबिल बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले वृद्धि भएर ३ अर्ब ६७ करोड ७२ लाख पुगेको छ । यस्तै एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतले बढेर ३ अर्ब २० करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ग्लोबल आईएमई बैंकले ३ अर्ब २० करोड २७ लाख र राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड ३९ लाख रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १२ करोड ९५ लाख, सिद्धार्थ बैंकले २ अर्ब १२ करोड ८६ लाख र एनएमबि बैंकले २ अर्ब ५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशतले बढेको छ ।

स्प्रेड दरकै कारण बैंकहरुको आम्दानी बढ्यो
बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर नै स्प्रेड दर हो । यसलाई बैंकहरुले वित्तीय मध्यस्तता सेवा वापत लिने शुल्क भनदा पनि हुन्छ । गत आर्थिक वर्षबाट बैंकहरुले लगानीयोग्य स्रोतको अभाव हुँदा कर्जा लगानी गर्न सकेनन् । राष्ट्र बैंकले बैंकहरुलाई निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर ४.४ प्रतिशतसम्म हुन पाउने व्यवस्था छ । तर, कोभिडको समयमा भएको अधिक तरलताले बैंकहरुको ब्याजदर अन्तर ३ प्रतिशत र त्यसभन्दा पनि तल झरेको थियो । भन्दा फरक पर्दैन ।

तर, चालु आबको प्रथम त्रैमासमा आउँदा उक्त स्प्रेड दर बढेर अधिकांश बैंकको ४ प्रतिशत हाराहारीमा पुगेको छ । जसमध्ये एनआईसी एशिया बैंकको स्प्रेड सबैभन्दा धेरै ४.३९ प्रतिशत हुँदा नेपाल बैंकको सबैभन्दा कम ३.६६ प्रतिशतमा झरेको देखिन्छ । यही स्प्रेड दर बढ्दा बैंकहरुको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि देखिएको हो । नेपाल बैंकसहित कृषिविकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्प्रेड दर घटेको छ । सबैभन्दा धेरै स्प्रेड दर वृद्धि सनराइज बैंकको १.६७ प्रतिशत बिन्दुले भएको देखिन्छ । आम्दानी बढेपनि सम्भावित कर्जा नोक्सानीको लागि गर्नुपर्ने प्रोभिजन वृद्धि हुँदा त्यसले नाफामा सपोर्ट भने गर्न सकेन ।

किन बढ्यो खराब कर्जा ?
राष्ट्र बैंबकले सुपरीवेक्षणमा गरेको कडाइले गर्दा बैंकहरुले यसपटक प्रोभिजन रकम बढाएका छन् । अर्कोतर्फ असोजमा कर्जा असुली पनि खासै राम्रो नदेखिएको र असोजमा बैंक्हरुले असुलीलाई प्राथमीकतामा पनि राखेनन् । ब्याज नउठेपछि त्यसलाई सम्भावित जोखिमको रुपमा प्रोभिजन गर्नुपर्दा बैंकहरुको प्रोभिजन बढेको देखिन्छ । व्यवसायीले बैंक बहिस्कार भनेर अभियान चलाउने आन्दोलन गर्ने जस्ता कार्यले पनि कर्जा रिकभरीमा समस्या भएको र यसले वित्तीय क्षेत्र नै जोखिमा जाने हो कि भन्ने प्रश्न उठेको छ ।

प्रोभिजन तालिका यस्तो छ ।
चालु आबको प्रथम त्रैमासमा सबैभन्दा धेरै प्रोभिजन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकको प्रोभिजन रकम ९८ करोड ३४ लाख हुँदा सिद्धार्थ बैंकको ८९ करोड ३१ लाख रुपैयाँ प्रोभिजन गरेको छ । कुमारी बैंक र एनआईसी एशिया बैंकले भने प्रोभिजन राइट ब्याक गरेको छ । कुमारी बैंकले ७ करोड ७ लाख रुपैयाँ राइट ब्याक गर्दा, एनआईसी एशिया बैंकले १२ करोड ७९ लाख राइट ब्याक गरेको भेटिएको छ । सचेत भया ।

4630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका