जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एक सातामा तीन सय ५३ ऋणी कालोसूचीमा

एक सातामा तीन सय ५३ ऋणी कालोसूचीमा

एक साताको अवधिमा तीन सय भन्दा धेरै ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले समयमा ऋण तिर्न नसकेको भन्दै यहि कात्तिक महिनाको सुरुवाती सात दिनको अवधिमा तीन सय ५३ ऋणीलाई कालोसूचीमा राखेको हो ।

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको संख्या बढ्दो क्रममा रहेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस अवधिमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रका अनुसार कात्तिक महिनाको दोस्रो दिन अर्थात कात्तिक २ गते शुभलक्ष्मी ट्रेडर्स, श्री भिमेशवर इन्टरप्राइजेज, मनकामना ज्वलर्स, फेमिली मिट कम्पनी, आस्था सेभिङ एण्ड क्रेडिड कोअपरेटिभ लिमिटेड, चौरी देउराली उत्थान कृषक समूह र माता पाथिभरा हार्डवेयर पसल कालोसूचीमा परेका छन् । यससंगै यस दिन ९४ व्यक्ति, व्यापारी तथा कम्पनी कालोसूचीमा परेका छन् ।

त्यस्तै, कात्तिक ४ गते ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्राली पनि कालोसूचीमा परेको छ । जसको सञ्चालक दिपेश लामा र पूर्णबहादुर तामाङ रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । त्यस्तै, यस दिन मिडिक्स मेडिकल सप्लायर्स, अल पसल पब्लिक लिमिटेड, रेटिना गार्मेन्ट इन्डष्ट्रिज र गणेबहादुर बस्नेतसहित एक सय व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।

कात्तिक महिनाको ६ गते एक सय ६१ जना ऋणी कालोसूचीमा परेका छन् । यस दिन सत्यनारायण चौधरी, महालक्ष्मी वासिङ उद्योग, न्यू आकास जनरल स्टोर, गोदावरी इन्टरनेशनल प्राइभेट लिमिटेड, दिर्घायू बहुउद्देश्य कृषि प्राली, र गुरास इन्टरनेशनल प्राइभेट लिमिटेडलगायत ऋणी  कालोसूचीमा परेको कर्जा सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।

1530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका