जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको नाफा ३४.४२% ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

माछापुच्छ्रे बैंकको नाफा ३४.४२% ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?

माछापुच्छ्रे बैंकले गत आर्थिक २ अर्ब १६ करोड ९ लाख २५६ रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार १७४ रुपैयाँ रहेको थियो । एक वर्षमा बैंकको नाफा ३४.४२ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८४ लाख ५ हजार ७७० रुपैयाँ रहेको छ ।
एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चाल मुनाफा बढ्दा बैंकलाई नाफा बढाउन सहयोग मिलेको छ ।

अघिल्लो आवको असार मसान्तमा ४ अर्ब ३५ करोड १४ लाख ९२ हजार ९८७ रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा २ अर्ब ४६ करोड ९५ लाख ३२ हजार रुपैयाँबाट बढेर ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा बैंकको खराब कर्जा भनेको बढेको छ । बैंकको खराब कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.८४ प्रतिशत पुगेको छ ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

2335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?