जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सर्वोच्चको आदेशपछि रोकियो स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स बाँड्ने काम

सर्वोच्चको आदेशपछि रोकियो स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स बाँड्ने काम

नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि आवेदन लिने काम रोकेको छ। बोर्डले मंगलबार सूचना जारी गर्दै यस्तो जनाएको हो।

गत असोज २ गते प्रकाशित सूचनाअनुसार कमोडिटी एक्सचेन्ज, नयाँ स्टक एक्सचेन्जलाई स्वीकृति दिने काम अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गरेको बोर्डले उल्लेख गरेको छ।

‘सर्वोच्चबाट अन्तरिम आदेश आइसकेकाले तत्काललाई नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको आवेदन लिने काम अर्को सूचना नआएसम्मका लागि स्थगित राख्ने निर्णय भएको छ। साथै नयाँ ब्रोकर लाइसेन्स सम्बन्धी थप काम पनि अर्को निर्णय नहुँदासम्म यथास्थितिमै रहन्छ। अब यो काम अघि बढ्दैन,’ बोर्डका प्रवक्ता रुपेश केसीले भने।

बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न सरोकारवालालाई आह्वान गरेको थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि पनि सोही ३० दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटीका लागि बोर्डमा आवेदन दिने मंगलबार नै अन्तिम दिन हो। तर, आजसम्म कुनै पनि कम्पनीले एक्सचेन्ज र कमोडिटीका लागि बोर्डमा आवेदन दिएका छैनन्।

सोमबार नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएकाले मंगलबारदेखि आवेदन नै लिन नसक्ने भएपछि बोर्डले काम रोकेको जनाएको छ। स्टक एक्सचेन्जको सम्बन्धमा सर्वोच्चले तिहारअघि नै अन्तरिम आदेश जारी गरेको थियो।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका