जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नवनिर्वाचित अध्यक्ष ढकालद्वारा  पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

नवनिर्वाचित अध्यक्ष ढकालद्वारा  पदभार ग्रहण, लगानीको वातावरण र निजी क्षेत्रको प्रतिष्ठा प्राथमिकतामा

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष  चन्द्रप्रसाद ढकालले आइतबार बिहान महासंघको   अध्यक्षकोरूपमा पदभार ग्रहण गर्नुभएको छ।
ढकाल हालै सम्पन्न ५७औँ वार्षिक साधारणसभाबाट महासङ्घको २०औँ अध्यक्षमा निर्वाचित हुनुभएको  हो ।
ढकाल महासंघको विधानअनुसार यही चैत्र २८ र २९ गते आयोजित ५७औँ वार्षिक साधारणसभाबाट स्वतः अध्यक्ष बन्नुभएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुने व्यक्ति नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने गर्छ ।
बिहीबार सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएसँगै सोही दिन ढकालले अध्यक्षको  सफत लिनुभएको थियो ।
आज बिहान महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा पाँच वटा विषयमा केन्द्रित  रही काम गर्ने बताउनु भयो ।  पहिलो– वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो– लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, र, पाँचौ–राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकता साथ कार्यान्वयनमा लैजाने दृढताका साथ महासंघ अघि बढ्ने ढकालको भनाइ छ ।
महासंघको अन्तरराष्ट्रिय प्रतिष्ठा बढाउने तथा नेपाली उद्यमी व्यवसायीहरुलाई लगानी प्रवर्द्धनका कार्यक्रम लिएर महासंघले विशेष अभियान सन्चालन गर्नेमा पनि अध्यक्ष ढकालले जोड दिनुभएको छ ।
अध्यक्ष ढकालले सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर  महासंघले काम अघि बढाउने प्रतिबद्धता पनि  व्यक्त गर्नुभयो । महासंघलाई ठूला, साना र मझौला सबै उद्योगी, व्यवसायीको साझा चौतारीका रुपमा स्थापित गर्न आफ्नो प्रयास रहने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
जिल्ला नगर तथा  वस्तुगत उद्योग बाणिज्य संघहरूलाई आगामी दिनमा थप सशक्त बनाउने प्राथमिकताको रहेको पनि ढकालले उल्लेख गर्नुभयो ।
उद्योग व्यवसाय तथा लगानीसँग प्रत्यक्ष जोडिने आर्थिक विषयसँग सम्बन्धित ऐन नियमहरु संशोधन गर्दा वा नयाँ नीति तथा कानून तर्जुमा गर्दा सरकार र नीति निर्माणकर्ताहरु संग सघन सहकार्यका लागि समेत आफुले पहल लिने अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका