जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • अब निष्काशन हुने आईपिओमा विदेशमा बस्ने नेपालीलाई आरक्षण, यस्तो छ प्रक्रिया

अब निष्काशन हुने आईपिओमा विदेशमा बस्ने नेपालीलाई आरक्षण, यस्तो छ प्रक्रिया

अब विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ जारी गरेसँगै अब विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपिओमा आरक्षण पाउने भएका हुन्।

यो निर्देशिका आज कार्तिक १७ गतेदेखि लागु भएको हो । निर्देशिकामा संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्न पर्ने व्यवस्था छ ।

यसरी छुट्याएको शेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्नेछ। निष्काशित शेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्न पर्नेछ।

विप्रेषण (रेमिट्यान्स) बचत खाता भन्नाले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा सम्बन्धित व्यक्तिको नाममा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता हो।  आवेदन गर्न विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफु रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।

विदेशमा बस्ने नेपालीलाई निष्काशन गरिएको शेयर बाइँफाँड भए पश्चात मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ। विदेशमा बस्ने नेपालीलाई निष्काशित शेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो शेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्नेछ।

निर्देशिका अनुसार  विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने ब्यबस्था छ।  विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गर्न सकिने छ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकले नेपालमा रहेका सर्वसाधारणलाई छुट्याएको शेयरमा आवेदन दिन पाउने छैनन् ।

सरकारले विदेशमा रोजगारी गरिरहेका नेपालीलाई आईपिओमा आरक्षण दिन धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ मा संशोधन गरेको थियो ।

2535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?