जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्राइम कमर्सियल बैंकले फागुन २९ गतेदेखि एकिकृत कारोबार थाल्ने

प्राइम कमर्सियल बैंकले फागुन २९ गतेदेखि एकिकृत कारोबार थाल्ने

प्राइम कमर्सियल बैंक (PCBL) ले कैलाश विकास बैंकलाई गाभेर फागुन २९ गतेदेखि एकिकृत कारोबारको थालनी गर्ने भएको छ।

प्राइम बैंकलाई नेपाल राष्ट्र बैंकबाट १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट २१ गते सम्पत्ति तथा दायित्व सकार्नेगरि एकिकृत कारोबार थाल्न अन्तिम स्वीकृति पाएसँगै बैंकले मिति तय गरेको हो।

एकिकृत कारोबार थाल्नका लागि एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने भएकोले फागुन २८ गते एक दिन दुबै बैंकको बैंकिङ्ग, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सम्पूर्ण बैंकिङ्ग सेवाहरु बन्द रहने बताइएको छ।

9025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका