जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकको तीज विशेष छुट योजना

ग्लोबल आइएमई बैंकको  तीज विशेष छुट योजना

ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।  नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ, आस्बा, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।

त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाताभएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ ।
बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको छ । यो योजना एक महिनाको लागि लागू रहने छ ।

हाल बैंकले आफ्ना १४२ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

12035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?