जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ८२ लाख ठगेर फरार ज्वेलर्स सञ्चालक पक्राउ

८२ लाख ठगेर फरार ज्वेलर्स सञ्चालक पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

१७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै बन्द गरेर फरार थिए ।

गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ६५ जनालाई ठगी गरेको देखिएको प्रहरीले बताएको छ ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?