जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको सन्देशमूलक भिडियोः ‘बचतः शब्द छोटो, अर्थ मीठो’ (भिडियोसहित)

मुक्तिनाथ विकास बैंकको सन्देशमूलक भिडियोः ‘बचतः शब्द छोटो, अर्थ मीठो’ (भिडियोसहित)

मुक्तिनाथ विकास बैंकले ‘बचत’को बानी विकास गर्न प्रेरित गर्ने उद्देश्यले सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ।

बैंकले विश्व पानी दिवसको अवसर पारेर पानी र पैसा बचत गर्नुपर्छ भन्ने मूल सन्देशसहितको भिडियो सार्वजनिक गरेको छ।

भिडियो दुई युवालाई पात्रका रुपमा उभ्याइएको छ। बिहान ७ बजेको समयमा एक युवा उठ्छन् र वासरुममा जान्छन्। त्यहाँ अर्का युवा धारा खोलेर दाँत माझिरहेका हुन्छन्। उनले पानी खुलै राखेका हुन्छन्। पछि जाने युवाले धारा बन्द गरिदिन्छन्।

यसरी ती युवाले अर्का युवालाई प्रयोग नहुँदा पानीको बचत गर्नुपर्छ भन्ने सन्देश छन्। यही सन्देशलाई मिलाएर बैंकले पैसा बचत गर्ने बानी बसाल्नुपर्छ भन्ने सन्देश दिन खोजेको छ।

भिडियोमा ‘म आधार हुँ हरेक जीवनको। म स्रोत हुँ अनन्त ऊर्जाको’ भनिएको छ। यसको अर्थ पानी र पैसा दुवै मानिसको जीवनका लागि अपरिहार्य छ भन्न खोजिएको छ।

त्यस्तै ‘सहज छैन है यो यात्रा बचत नगरेसम्म’ भन्ने अर्को सन्देश दिइएको छ। यसले पानी र पैसा बचत नगरेसम्म मानिसको जीवनयात्रा सहज हुन नसक्ने सन्देश दिन खोजिएको छ।

यसैगरी ‘रित्तिन सक्छ मनका मुहानहरु, बीचैमा छुट्लान् गन्तव्यका नदीहरु’, भिडियोमा भनिएको छ, ‘त्यसैले थोपा–थोपा पनि बचत गरौँ।’

यो सन्देशले पनि धेरै अर्थपूरक रहेको छ। यसले पानी र पैसा बचत गर्न नसकिए मानिसको जीवन असहज हुन सक्ने सन्देश दिन खोजिएको छ। त्यसैले मानिसको जीवन सहज बनाउन पैसा र पानीको बचत गर्ने बानी बसाल्न अतिआवश्यक रहेको भिडियोमा सन्देश दिन खोजिएको छ।

भिडियोको अन्त्यमा भनिएको– ‘बचत: शब्द छोटो, अर्थ मीठो।’

3285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका