जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ११ वाणिज्य बैंकद्वारा लाभांश घोषणा, कुनको कति ?

११ वाणिज्य बैंकद्वारा लाभांश घोषणा, कुनको कति ?

हालसम्म ११ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । ३ वटा वाणिज्य बैंकले वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृति गरेका छन् भने ४ वटाले वार्षिक साधारणसभाको डाकेका छन्। बाँकी ४ वटा वाणिज्य बैंकले भने लाभांश घोषणा गरे पनि वार्षिक साधारणसभाको मिति तय गरिसकेका छैनन्।

वार्षिक साधारणसभा गरिसकेका बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक र एनसीसी बैंक छन्। त्यस्तै वार्षिक साधारणसभा तय गरेका बैंकहरुमा ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र सानिमा बैंक छन्।

वार्षिक साधारणसभाको मिति तय गर्न बाँकी बैंकमा भने बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंक छन्। गत आर्थिक वर्षका लागि २० प्रतिशत बढी लाभांश घोषणा गर्ने बैंकहरुमा एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू छन्। यी दुवैले क्रमशः कुल २०।६८ प्रतिशत र २०।९५ प्रतिशत लाभांश घोषणा गरेका छन्।

यसैगरी १० प्रतिशत बढी लाभांश घोषणा गर्नेमा ६ वटा बैंक छन् भने ३ वटा बैंकको लाभांश दर १० प्रतिशतभन्दा मुनि रहेको छ। अन्य वाणिज्य बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?