जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित 

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार बसेको १९ औं बार्षिक साधारणसभाले संचालक समितिले गत आर्थिक वर्ष २०७९८० को नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

बैंकले चुक्तापूँजीको ५ प्रतिशत बोनस र कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम ८५ लाख ९८ हजार ९ सय २५ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको हो । हाल बैंकको चूक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७ सय १६ रुपैयाँ छ ।

त्यस्तै साधारण सभाले आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरेको छ । बैंकले हाल ११२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

1000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका