जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बढ्दो ब्याजदरः बैंकहरूमा घट्न थाल्यो कर्जाको माग

बढ्दो ब्याजदरः बैंकहरूमा घट्न थाल्यो कर्जाको माग

कात्तिकयता ब्याजदर महँगिएपछि वाणिज्य बैंकहरूमा कर्जाको माग घट्न थालेको छ । बैंकहरूको आधारदर नै वृद्धि हुँदा कर्जाको ब्याजदर महँगो भएसँगै बैंकमा लगानीको माग घट्न थालेको हो । पछिल्लो तीन महिनाको आँकडाअनुसार बैंकहरूमा निक्षेप थुप्रिँदै गइरहेको देखिन्छ । नेपाल बैंकर संघका अनुसार एक महिनामा वाणिज्य बैंकहरूमा १६ अर्ब १९ करोड निक्षेप थपिएको छ । यो कात्तिक महिनाको तथ्य हो । संघका अनुसार गत कात्तिक ३० गतेसम्म बैंकहरूमा निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । यो गत असोज मसान्तको तुलनामा १६ अर्ब १९ करोड रुपैयाँ बढी हो ।

वाणिज्य बैंकहरूले उच्चदरमा ब्याज दिन थालेसँगै निक्षेपमा आकर्षण बढ्दै गइरहेको छ । चालू आर्थिक वर्षको साउनमा १२ अर्ब ७९ करोड रुपैयाँले निक्षेप घटेको थियो । तर, भदौ लागेयता निक्षेप बढ्दै गएको संघको तथ्यांकले देखाएको छ । पछिल्ला तीन महिनामा बैंकहरूमा ८४ अर्ब ७३ करोड निक्षेप थपिएको छ । तर, तीन महिनामा बैंकहरूबाट कुल ३६ अर्ब ५३ करोड मात्रै कर्जा प्रवाह भएको छ ।

वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाएसँगै बजारमा माग घट्न थालेको संघको तथ्यांकले देखाएको हो । कात्तिकको तथ्यांकअनुसार बैंकहरूमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपिँदा एक अर्ब २६ करोड कर्जा लगानी भएका छन् । बैंकहरूले गत असोजबाट निक्षेपको ब्याजदर बढाएसँगै लागत बढ्ने हुँदा कर्जाको ब्याजदर बढाएका हुन् । निजी क्षेत्रको दाबीअनुसार हाल केही बैंकहरूले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म असुलिरहेका छन् ।

1815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका