जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मुक्तिनाथ क्यापिटलका ग्राहकलाई द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टमा छुट

मुक्तिनाथ क्यापिटलका ग्राहकलाई द हिमालयन ग्रिल बाई बाजेको रेस्टुरेन्टमा छुट

मुक्तिनाथ क्यापिटल तथा द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी बीच विशेष छुट सम्झौता भएको छ।  क्यापिटलका ग्राहकहरुलाई रेस्टुरेन्टमा विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसीकातर्फबाट अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यापिटलको निक्षेप सेवा अन्तर्गतका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सम्बन्धी सेवा लिई रहनु भएका ग्राहकहरुले उक्त रेन्टुरेन्ट द हिमालयन ग्रिल बाई बाजेको समाखुसीबाट सेवासुविधाको शुल्कमा १५% छुट प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ क्यापिटलमा हितग्राही खाता भएका तथा उक्त क्यापिटलबाट लगानी ब्यबस्थापन सेवा उपभोग गर्दै आएका ग्राहकहरुले आफ्नो डिम्याट खाता नम्बर र आफ्नो परिचय खुल्ने कागजात देखाई यस योजना अन्तर्गत उक्त छुट प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा अनुमतिपत्र प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन तथा निक्षेप सदस्य सम्बन्धी सेवा विश्वसनीयताका साथ आफ्नो ग्राहकवर्गहरुलाई प्रदान गर्दै आईरहेको छ ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?